ल्यारक्याल लामाको नियुक्ती रद्द गर्नुपर्छ – मन्त्री गुप्ता

लुमिबनी, साउन २७ गते । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएका ल्यारक्याल लामाको नियुक्ती रद्द गर्नुपर्ने बताएका छन् । विवादित व्यक्तिलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ती गरेर सरकारले गल्ती गरेको बताए ।

लुम्बिनीमा पत्रकारहरुसंग कुरा गर्दै जनमत पार्टीका नेतासमेत रहेका मन्त्री गुप्ताले लुम्बिनी विकास कोषको कार्यालय काठमाण्डौ सार्न नहुने बताए । लुम्बिनी विकास कोषले मनोमानी गर्दै आएको उल्लेख गर्दै मनत्री गुप्ताले भने – लुम्बिनी विकास कोषको मनोमानी ढंगले गरिएको निर्णय मान्य हुदैन ।

लुम्बिनी विकास कोषले स्थानीयलाई वाइपास गर्दै आएको भन्दै मन्त्री गुप्ताको आक्रोस पोखेका छन् । मन्त्री गुप्ताले गलत निर्णय सच्चाउन लुम्बिनी विकास कोषलाई आग्रह गर्दै गलत निर्णय गर्दैै जाने र स्थानीयलाई वाइपास गरे बिरोधमा उत्रने चेतावनी दिए ।

लुम्बिनीको गुरुयोजना संशोधन गर्नुपर्ने बताउंदै संविधान संशोधन हुने लुम्बिनीको गुरुयोजना संशोधन नहुने हुन्छ र भन्दै उनले प्रतिप्रश्न गर्नुभयो । उनले लुम्बिनीको गुरुयोजना संशोधन गरेर लुम्बिनीको विकासमा एकजुट हुनपर्नेमा जोड दिए ।