लुम्बिनीका १५ जना युवा र ४ संस्था सम्मानित

बुटवल, साउन २८ गते । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लुम्बिनी प्रदेशका १५ जना युवा र ४ वटा संस्था सम्मानित भएका छन् । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषदले बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरी १५ जान युवा र ४ वटा संस्थालाई सम्मान गरिएको हो । सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले सम्मान पत्रले सम्मान गरेका हुन् ।

दिगो विकासको लक्ष्य प्राप्तीमा युवाको साथ, नवप्रद्र्वन र उद्यमशिलतामा हरित सीप विकास भन्ने नारासहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको हो ।

लुम्बिनी प्रदेश भरबाट बिभिन्न क्षेत्रहरु जस्तै युवा उद्यम शीलता, रोजगार, युवा परिचालन, समाज रुपानत्रण लगायत बिभिन्न सामाजिक क्षेत्रमा योगदान पुराउन सफल भएको १५ जना युवा र ४ वटा संस्थालाई सम्मान गरिएको हो ।