करहीया मक्रहर खानेपानी तथा सरसफाई संस्थामा नयां नेतृत्व – अध्यक्षमा गैरे

बुटवल, भदौ ७ गते । रुपन्देहीको करहीया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १३ औं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । बुधबार सम्पन्न साधारण सभा तथा अधिवेशनबाट यज्ञ गैरे अध्यक्ष रहेको नयां नेतृत्व निर्वाचित भएको छ ।

साधारण सभा तथा अधिवेशनबाट अध्यक्ष यज्ञ गैरे, उपाध्यक्ष शान्ता वस्याल भट्टराई, सचिव निलकण्ठ ज्ञवाली, कोषाध्यक्ष सरस्वती तिवारी निर्वाचित भएका छन् ।
त्यस्तै लेखा संयोजकमा राजकुमार वाग्ले निर्वाचित भएका छन्, भने लेखा सदस्यहरुमा घनश्यामम सापकोटा र डिल्लीराम भट्टराई रहेका छन् ।

साधारण सभा तथा अधिवेशनले आठ क्षेत्रका संयोजकहरु पनि तोकेको छ । आठ क्षेत्रका संयोजकमा क्रमस वसन्धरी पंगेनी, गिरीराज भट्टराई, धनपति ज्ञवाली, रविलाल पाण्डेय, जीवराज न्यौपाने, दुर्गाबहादुर अधिकारी, गोपालबहादुर एसी र भुमेश्वर पन्थ रहेका छन् ।

नव निर्वाचित अध्यक्ष यज्ञ गैरेले खानेपानी उपभोक्ता तथा सरसफाईको क्षेत्रमा आफ्नो गाउंठाउंको हितका लागि सक्रियताका साथ स्थानीय जनताको मन जितेर काम गर्ने प्रतिवद्दता जनाएका छन् । खानेपानी र सरसफाई जस्तो सम्वेदनशील क्षेत्रलाई आफुले गम्भीर रुपमा ग्रहण गरेकाले सबैको भावनालाई कदर गर्ने अध्यक्ष गैरेले नयांदिशालाइ बताए ।