समाजवादी मोर्चाको बुटवलमा घोषणा तथा सन्देश सभा

बुटवल, भदौ १० गते । समाजवादी मोर्चा लुम्बिनीले बुटवलमा प्रदेशस्तरीय घोषणा सभा गर्ने भएको छ । देशका सातै प्रदेशका मुख्य शहरमा समाजवादी मोर्चाले प्रदेशस्तरीय घोषणा सभा गर्ने केन्द्रिय कार्यक्रम अनुसार बुटवलमा यही भदौ १२ गते घोषण सभा गर्ने भएको हो ।

समाजवादी मोर्चले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी बुटवलमा भदौ १२ गते बुटवलको रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने जानकारी गराईएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिष्ट पार्र्टी पोलिटब्युरो सदस्य एवं पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज बसन्त श्रेष्ठले लुम्बिनीको घोषणा सभाको ब्यवस्थापन गर्ने जिम्मेवारी नेकपाले पाएको जानकारी गराए ।

उक्त घोषणा तथा सन्देश सभामा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपामा महासचिव विप्लव र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आउने कार्यक्रम रहेको नेकपाका पोलिटब्युरो सदस्य एवं पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज बसन्त श्रेष्ठले बताए ।

देशको अवस्था कमजोर भएको अवस्थामा चारवटा पार्टी मिलेर समाजवादी मोर्चा गठन गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका सचिव हितमान शाक्यलेदेशमा विदेशी शक्तीको चलखेल बढेकाले त्यसकाविरुद्द समाजवादी मोर्चा बनेको बताए ।

मोर्चाको मुख्य उद्देश्य सरकारको कार्यक्रमलाई सहयोग गरेर जाने भएको बताउदै उनले तत्काल पार्टी एकताको लागि मोर्चा नभएको र कालान्तरमा पार्टी एकताको सम्भावना रहेको बताए । कतिपय बिषयमा आआफ्ना मदभेद रहेपनि आआफ्ना फरक मतलाई थाति राखेर समाजवादी मोर्चालाई अगाडी बढाउने उनले बताए ।

शरद ओलीको सञ्चालनमा कार्यक्रम भएको थियो ।