बुटवलमा समाजवादी मोर्चा सन्देश सभा

परिवर्तन ल्याउन समाजवादी मोर्चा – राजकिशोर

 

बुटवल, भदौ १२ गते । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले राजनीतिक परिवर्तन भएपनि जनताको जीवनमा परिवर्तन नआएपछि जनताको जीवनमा परिवर्तन ल्याउन समाजवादी मोर्चा बनेको बताए । उनले नेपालको प्रमु दुश्मन गरिबी, शिक्षा, स्वास्थ्य, रोजगार र भ्रष्टाचार भएको बताए ।


समाजवादी मोर्चा नेपाल लुम्बिनी प्रदेशले मंगलबार बुटवलमा आयोजना गरेको सन्देश सभामा बोल्दै उनले विगतका क्रान्ति प्रतिक्रान्तिमा रुपान्त्रण भएकाले अहिले समाजवादी मोर्चाको आवश्यक परेको उनले बताए ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रवेश हमालले लोकतन्त्र र संविधानको रक्षाका लागि समाजवादी मोर्चा बनेको बताए । नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले समाजवादी मोर्चाले परिवर्तको खाका कोरेको बताए ।

नेकपाका पोलिटव्यूरो सदस्य बसन्त सीको अध्यक्षता र नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालको सञ्चालनमा कार्यक्रम भएको थियो ।
समाजवादी मोर्चा नेपाल लुम्बिनी प्रदेशमा ४ घटकका ३।३ जना प्रतिनिधि रहेको समिति बनाईएको छ ।