एमालेमा गुट र विवाद छैन – शंकर पोखरेल

एमाले लुम्बिनी अधिवेशन शुरु

बुटवल, भदौ १६ गते । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी शर्मा ओली नेतृत्व एमालेमा विाद गुट नभएको दावी गरेका छन् । उनले आाफू र पार्टी उपाध्यक्ष बिष्णु पौडेललाई जोडेर पार्टीलाई कमजोर पार्ने षड्यन्त्र भईरहेको बताए । महासचिव पोखरेलले पार्टीका नेताहरुलाई जोडेर जसरी षड्यन्त्र भईरहेको छ त्यो कदापी पूरा नहुने बताए ।

शनिबारदेखि बुटवलमा शुरु भएको एमाले लुमिबनी प्रदेशको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै बलियो राष्ट्रिय शक्ति निर्माणका लागि एमालेको बहुमती सरकार चाहिने बताए । महासचिव पोखरेलले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमाले राजनैतिक, बैचारिक र सांंगठानिक रुपले एकताबद्ध रहेको उल्लेख गर्दै त्यो एकताको सन्देश लुम्बिनी अधिवेशनले पुष्टि गरेको दावी गरे ।

उनले जनजिविकाका मुद्दालाई बलियो बनाउन, केपी ओलीले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्न एमालेलाई एकताबद्ध बनाउन जरुरी रहेको बताए ।
महासचिव पोखरेलले लुम्बिनी प्रदेश अधिवेशनमा मात्र होईन सातवटै प्रदेश अधिवेशनमा पनि बिष्णु पौडेल र आफू एक ठाउंमा रहने दावी गरे ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेलाई चौतर्फी घेराबन्दी गरिएको बताए ।

एमालेलाई कमजोर बनाउन राज्यनै लागेको उहांले बताउनुभयो । उहांले देश असमान्य रुपमा संकटमा पुगेको उल्लेख गर्दै सरकारका गलत नीतिका कारण देश आर्थिक रुपले समस्यमा परेको बताए । उनले सरकारका गलत प्रकारका नीतिका कारण विकासका कामहरु हुन नसकेको बताए ।
नेकपा एमालेका सचिव गोर्कण विष्टले देशमा सुशासन कायम गर्न, ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताको अन्त्यका लागि बलियो एमाले र एमालेको बहुमतको सरकार चाहिने बताए ।

एमाले लुमिबनी प्रदेश इन्चार्ज पद्यमा अर्यालले सम्वृद्वि र समाजवादको आधार तयार गर्न एमालेको बहुमतको सरकार चाहिने बताइन ।
उनले लुम्बिनी प्रदेशको अधिवेशनले देशभर सन्देश दिएको बतायन । एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेलको अध्यक्षता, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको स्वागत र लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्यको सञ्चालनमा कार्यक्रम भएको हो ।

 

एमाले लुमिबनी अधिवेशन शुरु

नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ । शनिबार अधिवेशनको बुटवलस्थित सम्मेलन केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।
अधिबेशनका लागि १२ वटै जिल्लाका प्रतिनिधीहरु बुटवलमा आएका छन् । उद्घाटन सत्रसंगै बन्द सत्र पनि सुरु भएको छ । प्रदेशहरुको अधिबेशनमा लुम्बिनी प्रदेशको अधिबेशन पहिलो हो । त्यसैले यो अधिबेशनलाई नयां सन्देशका रुपमा एमालेले चित्रण गरेको छ । गुट नै बनाएर नयां नेतृत्वका लागि आकांक्षीहरुले लविङ तिब्र पारिरहदां उदघाटन सत्रमा भने नेताहरुले कुनैपनि गुट एमालेमा नभएको र विरोधी तत्वहरुले बेप्रचार गरेको बताएका छन् ।

सम्मेलन पूर्व बुटवलका १९ वटै वार्डहरु, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी भएका कार्यकर्ताले राजमार्ग चौराबाट जुलुस तथा झांकी सहित सम्मेलनस्थलमा प्रवेश गरेका थिए । सम्मेलनमा १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका १००४ प्रतिनिधिहरु सम्मेलनका प्रतिनिधि रहेका छन् ।

अधिवेशनले यस अघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ । सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दांङबाट १३१, बांकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखांचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन । त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि प्रदेश अधिबेशनमा सहभागि भएका छन् ।