गुटबन्दी मुर्दाबाद – विष्णु पौडेल

बुटवल, भदौ १६ गते । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार विदेशीको इसारामा चलेको बताए । देश र राष्ट्रको पक्षमा सरकारले काम गर्न नसकेको आरोप लगाउंदै एमाले आउंछकी भनेर सरकार डराएको छ भने । संघीय सांसदसमेत रहेका उपाध्यक्ष पौडेलले सरकारले सामाजिक सद्भावसमेत विथोलेको आरोप लगाए ।

शनिबारदेखि बुटवलमा शुरु भएको एमाले लुमिबनी प्रदेशको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै विष्णु पौडेलले यस्तो बताएका हुन् । उनले एमालेमाथि घेराबन्दी गरिएको बताउंदै राज्यबाटै एमालेलाई घेराबन्दी भएको आरोप लगाए ।

एमालेलाई शक्तिशाली देखेपछि प्रतिक्रियाबादी र अवसरबादीहरु एमालेलाई कमजोर पार्न लागेको बताए । एमालेमा कुनै गुट नभएको बताउंदै गुटबन्दीले पार्टीलाई नोक्सान पुराउने भएकाले पार्टी निर्माणमा लाग्न आग्रह गर्दै उनले भने – गुटबन्दी मुर्दाबाद । नेता पौडेलले आफ्नो पार्टी जीवनको ४५ वर्षमा कहिल्यै गुटबन्दी नगरेको र अब पनि गुटबन्दी नगर्ने प्रतिवद्दता जनाए ।

एमालेको भविष्यवाणी गर्ने अधिकार पार्टी सदस्यलाई मात्रै रहेको बताउंदै रुलाई एमालेको भविष्यवाणी गर्ने अधिकार छैन भने ।
एमाले नीति र बिधिमा चलेको पार्टी भएको बताउंदै एमालेमा कुनै विवाद नभएको दावी गरे ।