एमाले लुम्बिनीको नेतृत्वमा सहमति जुटेन

बुटवल, भदौ १७ गते । नेकपा एमालेको शनिबारदेखि बुटवलमा शुरु भएको प्रदेश अधिवेशनबाट सर्वसम्त रुपमा नेतृत्व चयन नहुने निश्चित जस्तै भएको छ । सहमति हुन नसकेपछि निर्वाचन प्रक्रिया शुरु भैसकेको छ ।

उद्घाटन सत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन गरेपनि ओलीको बोली पुरा भएन । अधयक्ष ओलीलले सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौं फर्किए । तर अन्नतः चुनाबी प्रक्रियामै गएर नेतृत्वको टुङ्गो लगाउने गरी निर्वाचन प्रक्रिया शुरु भैसकेको एमालेका एक नेताले जानकारी गराएका छन् । अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मापदण्ड तयार नहुँदा अन्यौल भएको छ ।

१२ जिल्लाबाट १००४ जना प्रतिनिधिहरुको नाम सार्वजनिक गरि दाबी विरोधको लागि आह्वान गरिएको छ । आगामी नेतृत्व तथा अध्यक्षका लागि हालका अध्यक्ष पाल्पाका राधाकृष्ण कंडेल र प्यूठानका हरि रिजालले दावी गरेका छन् ।

सहमतिबाट नयां नेतृत्व चयन गर्न नेताहरुले प्रयास गरेपनि सम्भव नभएपछि निर्वाचन प्रक्रिया शुरु भएको एक नेताले बताए ।