रोटरी क्लव अफ मणिग्राममा पदहस्तान्त्रण, अध्यक्षमा निर्मल

बुटवल, भदौ १७ गते । रोटरी क्लव अफ मणिग्राम तिलोत्तममा पदहस्तान्त्रण भएको छ । २०२२ ।०२३ का अध्यक्ष दुर्गाप्रसाद अर्यालले २०२३ ।०२४ का अध्यक्ष निर्मल बस्याल अध्यक्ष रहेको टिमलाई पदहस्तान्त्रण गरेका हुन् । नवनिर्वाचित अध्यक्ष बस्यालको टिमलाई विशेष कार्यक्रमको आयोजना गरी पदहस्तान्त्रण गरिएको हो ।

सोही कार्यक्रममा बोल्दै रोटरी इन्टर नेशनलका ३२९२ का डिष्ट्रिक गर्भनर विनोद कोइरालाले रोटरी अभियानलाई पारदर्शी र जनमुखी बनाउनु पर्ने बताए । जनताका सरोकारका विषयमा जोडिएको रोटरीको आफ्नै पहिचान भएकाले मानवीय सेवामा क्लवलाई थप क्रियाशील बनाउन आग्रह गरे ।
मानव बेचविखन र समाज रुपान्त्रणको विषयमा सचेतना कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

नव निर्वाचित अध्यक्ष निर्मल बस्यालले रोटरीको सिद्वान्त र नियमलाई पालना गरी नयां– नयां काम गर्ने प्रतिवद्वता जनाउनुभयो । उहांले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना र अन्य विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने बताए । शिक्षा, स्वास्थ्य, वातावरणीय क्षेत्रमा काम गर्ने र दुव्र्यसनीका विषयमा सचेतना कार्यक्रम गर्ने अध्यक्ष निर्मल बस्यालले प्रतिवद्वता जनाए ।

निवर्तमान अध्यक्ष दुर्गाप्रसाद अर्यालले रोटरी अभियानलाई मानवीय सेवासंग जोडर समाजमा सकरात्मक काम गर्नुपर्नेमा जोड दिए । उनलेछिमेकी मुलुक भारतमा थुप्रै नेपाली महिला दिदी बहिनी, बालवालिका हराएरका र अलपत्र परेको अवस्था जगजाहेर भएकाले त्यसतर्फपनि रोटरी क्लव अफ मणिग्राम तिलोत्तमाको ध्यान जान जरुरी रहेको बताए ।

उक्त कार्यक्रममा असिस्टेन गर्भनर मोहन श्रेष्ठ, क्लवका सल्लाहाकार लक्ष्मण ज्ञवाली, पूर्व अध्यक्ष कुलमणि ज्ञवाली, बुटवल साउथकी अध्यक्ष शारदा पंगेनी, राजुदेवी खनाल, यज्ञप्रसाद न्यौपाने लगायतले बोलेका थिए ।

दुई चरणमा भएको पदहस्तान्त्रण कार्यक्रमको पहिलो चरणको अध्यक्षता निर्वतमान अध्यक्ष दुर्गाप्रसाद खनाल र दोस्रो चरणको कार्यक्रम नव निर्वाचत अध्यक्ष निर्मल बस्यालको अध्यक्षतामा सम्पन्न भएको हो । रोटरियन सुरज भण्डारीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

रोटरी क्लव अफ मणिग्राम तिलोत्तमाले मानव कल्याण मित्र मञ्चसंग सहकार्य गरी भारतमा अलपत्र र बेचिएका नेपालीलाई उद्वारको काम गर्दै आएको थियो ।