राजमो कपिलवस्तुको पांचौ सम्मेलन सम्पन्न, अध्यक्षमा बेलवासे

विनोदकुरमा परियार
कपिलवस्तु, भदौ २२ गते । राष्ट्रिय जनमोर्चा कपिलवस्तुको पांचौ जिल्ला सम्मेलन सम्मपन्न भएको छ । सदरमुकाम तौलिहवामा दुई दिनसम्म चलेको सम्मेलनले रामप्रसाद बेलबासेलाई अध्यक्षमा चयन गरेको छ ।

सम्मेलनले १७ पूर्ण, चार वैकल्पिक र चार सल्लाहकर गरी २५ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दलबहादुर कुँवर, सचिवमा केरसिंह अदै, सहसचिवमा निर्मला भुसाल र कोषाध्यक्ष केहरसिंह पुन रहेका छन् ।
त्यस्तै, सदस्यहरूमा नरबहादुर घर्ती, नागराज योगी, मानबहादुर नेपाली, ऋषिराम शर्मा, माधव भाटक्षेत्री, डिलाराम भुसाल, लक्ष्मी पोखरेल, त्रिवेणीप्रसाद कुर्मी, नन्दकला पौडेल, रामबहादुर पौडेल, कर्माराज चौधरी र अनन्तकुमार चौधरी चयन हुनुभएको छ । त्यस्तै, समितिको वैकल्पिक सदस्यहरूमा जीवलाल भुसाल, टीकाराम सापकोटा र कुबेर पासी रहेका छन् ।

सम्मेलनले दधिराम आचार्य, डबलसिंह जिसी, चेतनारायण खनाल, टेकपति सापकोटा र लक्ष्मी भुसाललाई सल्लाहकारमा चयन गरेको छ ।
यस अघि सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता तथा तराई मधेस जनवादी मोर्चाका केन्द्रिय अध्यक्ष बद्रे आलमले संघीयता र विदेशी हस्तक्षेपले संकटमा परेको देश एमसीसीले झनै संकटमा परेको बताए ।
संघीयता र एमसीसी खारेज गरी देशलाइ भ्रष्टाचारबाट मुक्त नगरेसम्म देशको अस्तित्व नै संकटमा पर्ने बताउंदै संघीयताले अधिकार दिनै नसक्ने र विकासको नाममा एमसीसी स्वीकार गर्न नसकिने बताए ।

राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षता, शशी सापकोटाको सञ्चालन र रामप्रसाद बेल्बासेको स्वागतमा भएको उद्घाटन कार्यक्रममा अखिल नेपाल किसान संघका उपाध्यक्ष चन्द्रबहादुर केसी, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रियस सदस्य केरसिंह अदै, अखिल छैठौंका केन्द्रियस सदस्य रिसव आचार्य, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष बिष्णु बेल्बासे, नेकपा एकीकृत समाजवादीकी गीता अन्जान, नेकपाका नेता निर्माण र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र यादवले लगायतले बोलेका थिए ।

उद्घाटन कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले जनवादी गीत र नृत्य प्रस्तुत गरेका थिए । सम्मेलनमा सहभागिहरुलाई नकेपा मसालका महामन्त्री मोहनविक्रम सिंहले राजनीतिक र सांगठानिक विषयमा प्रशिक्षण दिएका थिए ।