कम्युनिष्टको सिद्दान्त र व्यवहार मिल्नुपर्छ – जनक शर्मा

दाङ, भदौ २३ गते । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्माले कम्युनिष्ट पार्टीले सिद्धान्तलाई ब्यबहारमा लागु गराउनु पर्ने बताएका छन् ।
व्यवहारसंग मेल नखाने सिद्धान्त र राजनीति झुटको खेती मात्र भएको बताउंदै बुर्जुवा पार्टीहरुले राजनीतिलाई उद्योग र झुट्को खेती बनाएको बताए ।
मनमा एउटा सोच बोक्ने र जनतामा अर्को कुरा गरेर भ्रम सिर्जना गर्ने राजनीतिका कारण समाजमा राजनीतिक पार्टीहरु बदनाम भएको तर्क गरे ।

कम्युनिष्ट पार्टी स्थापनाको हिरक जयन्ती, लेनिन स्मृति सताब्दी दिवस र संगठन निर्माण कार्यक्रमको अवसरमा राष्ट्रिय जनमोर्चा दाङले आयोजना गरेको कार्यक्रममा बोल्दै सिद्वान्त र व्यवहारलाई एकसाथ अगाडी बढाउनु पर्नेमा जोड दिए ।
उनले समाजलाई झुट होइन सत्यको बाटोमा हिडाउन राष्ट्रिय जनमोर्चालाई बलियो बनाउनु उल्लेख गर्दै कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता जनताको समस्यासित जोडिनु पर्ने बताए । संघीयता र एमसीसी परियोजनाले मुलुक संकटमा परेको बताउंदै संघीयता र शैन्य रणनीतिका रुपमा भित्राइएको एमसीसी खारेज नहुंदासम्म देश संकटबाट मुक्त नहुने उनको दावी छ ।

राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको भेलामा आगामी असोज महिनाको एक महिने अभियानलाई सफल बनाउन जनतोको घरदैलोमा पुग्ने गरी कार्यक्रम तय गरिएको अखिल नेपाल युबक संघका पूर्व अध्यक्ष काशीनाथ पोखरेलले जानकारी गराएका छन् ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रिय कोषाध्यक्ष प्रेमनारायण आचार्य, अखिल नेपाल जनजाति सम्मेलनला केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ, अखिल नेपाल युवक संघ केन्द्रिय उपाध्यक्ष चित्र एमसी, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रिय सदस्य केसबराज खनाल, अखिल नेपाल शिक्षक संघ केन्द्रिय सदस्य लालबहादुर भण्डारी, जनप्रतिनिधिको तर्फबाट राप्ती ४ का वडा अध्यक्ष बिरबहादुर चौधरी, प्रगतिशील पत्रकारसंघका केन्द्रिय सदस्य महेश रिजाल, अखिल नेपाल महिला संघ राष्ट्रिय परिसद सदस्य कृष्णा राना, अखिल नेपाल सुकुम्बासी संघका केन्द्रिय उपाध्यक्ष दलबहादुर घर्ती, अखिल नेपाल किसान महासंघ जिल्ला अध्यक्ष ऋषिराम पौडेल, अखिल नेपाल शिक्षक संघ जिल्ला सह सचिब उमकला खनाल,अखिल नेपाल प्रगतिशील लेखक संघ लुम्बिनी प्रदेश उपाध्यक्ष सुरेश कुमार पाण्डे, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक का जिल्ला सदस्य हरी थापा, अखिल नेपाल राष्ट्रिय उधोग ब्यापार संघ जिल्ला सचीव ठाकुर प्रसाद भण्डारी, जातीय समता समाज जिल्ला सदस्य कमल बि क, अखिल छैठौं जिल्ला कोषाध्यक्ष सुनिता आचार्य लगायतले बोलदै राष्ट्रिय जनमोर्चाको कार्यक्रपैति सहयोग र ऐक्यबद्धता रहेको कार्यक्रम सफल बनाउन प्रतिवद्व भएर लाग्ने प्रतिवद्दता जनाएका छन् ।

जिल्ला सचीव बसन्तराज पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको जिल्ला सचिवालय सदस्य शुक्रराज भण्डारी सहजीकरण गरेका थिए ।

राष्ट्रिय जनमोर्चाले कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी रुपान्तरण गरौ भन्ने नाराका साथ गत बैशाखमा उद्घाटन गरेर आगामी बैशाखसम्म नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको हिरक जयन्ती र लेनिन सताब्दी स्मृति दिवस मनाउने गरी कार्यक्रम गदै आएको छ ।