बालकृष्ण खांण चांडै बाहिर निस्कने सिटौलाको दावी

 

भैरहवा, भदौ २५ गते । नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलीले बालकृष्ण खांण दोषी नभएको दावी गरेका छन् ।
नेपाली कांग्रेस ३ नम्बर क्षेत्रीय समिति रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तक्रियामा बोल्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका खांण निर्दोष रहेको जिकिर गरे ।

सिटौलाले आफ्नो विचारमा खांणको कुनै दोष र गल्ती नरहेको जिकिर गर्दै भने – खांणका बारेमा पार्टीका बैठक र पदाधिकारीसंग कुरा राखेको छु । खांण चांडै बाहिर निस्कनु हुन्छ । म विचाराधीन मुद्दाका बारेमा धेरै बोल्दिन उनले भने ।

खांणको बचाउ गर्दै नेता सिटौलाले घुमाउरो तरिकाले खांणलाई मिडिया र केही पत्रकारले लखेटेको संकेत गर्दै भने निर्दोषलाई जति खेदेपनि लखटेपनी निर्दोष मान्छे निर्दोष ठहरिन्छ ।

उनले माओवादी आएर मुलुकमा धर्मनिरपेक्षता आएको भन्ने भ्रम हो, भन्दै धर्मनिरपेक्षता संसद्बाट सर्वसम्मत रुपमा पारित भएको दावी गर्नुभयो । उहांले ७ दलको एलायन्सले माओवादीसंग १२ बुंदे सम्झौतामा १२ बुंदाको निष्कर्ष माओवादी हतियार छाडेर शान्ति माओवादी प्रक्रियामा आएर लोकतन्त्रको मूल्य मान्यता मानेको बताए ।

सिटौलाले तीनै तहको सरकारको अहिले मूल्यांकन गरिहाल्ने बेला भइनसकेको बताउंदै कांग्रेस सबै धर्म, संस्कृति, भाषा र सबै क्षेत्रको आस्थाको केन्द्र भएको तर पछिल्लोपटक कांग्रेसमाथि अनेकौं षडयन्त्र भएपनि केही गर्न नसकेको बताए ।
कमजोर अर्थतन्त्र नेपालको समस्या भएको र यही ढंगले अर्थतन्त्र सुधार हुन नसक्ने सिटौलाको भनाइ छ ।

कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देही सभापति सुशील गुरुङको सभापतित्व, कोषाध्यक्ष कृष्ण खनालको स्वागत र सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम भएको हो ।

छलफलमा स्थानीय नेताकार्यकर्ताले सिटौलालाई पार्टीलाई एकढिक्का बनाएर बलियो बनाएर लैजान सुझाव दिएका छन् ।