रुपन्देहीको सोना इट्टा उधोग  बालश्रम मुक्त घोषणा

बुटवल, भदौ २६ गते । रुपन्देहीको सैनामैनामा रहेको सोना इट्टा उद्योगलाई बालश्रम मुक्त घोषणा गरिएको छ । रुपन्देहीमा सञ्चालित ५८ वटा इट्टा उद्योगमध्ये बालश्रम मुक्त घोषणा गर्ने सोना इट्टा उद्योग पहिलो हो ।
बालश्रम मुक्त उद्योग घोषण गर्नका लागि आवश्यक पर्ने सबै मापदण्ड पुुरा गरेपछि सोना इट्टा उद्योगलाई बालश्रम मुक्त घोषणा गरिएको हो ।

उद्योगमा काम गर्ने मजदुरका बालवालिकालाई बाल विकास केन्द्र स्थापना गरी पढ्नका लागि स्कुल पठाएको र बाल अधिकारको सुनिश्चित गरपछि सोना इट्टा उद्योगलाई आइएलोको सहयोगमा बालश्रम मुक्त घोषणा गरिएको हो । सोना इट्टा उद्योगले अन्तर्राष्ट्रिय मान्यता प्राप्त चिन्ह प्राप्त गरेको छ ।

मंगलबार उद्योग परिसमा कार्यक्रमको आयोजना गरी उक्त सोना इट्टा उद्योगलाई बालश्रम मुक्त उद्योग घोषणा गरिएको हो । नेपाल इट्टा उद्योग महासंघका निर्देशक बद्री कार्कीले सबै इट्टा उद्योगहरुलाई बालश्रम मुक्त घोषणा गर्नुपर्ने र बालश्रम मुक्त नभएसम्म उद्योगहरु चलाउन नपाइने बताए ।

सोही कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्रप्रसाद शर्माले बालश्रम गराउन नहुने बताउंदै उद्योगहरुलाई मजदुरमैत्री बनाउन आग्रह गरे । नेपाल इट्टा व्यवसायी महासंघका लुम्बिनी अध्यक्ष अजयकुमार गुप्ताले क्रमस सबै इट्टा उद्योगलाई बालश्रम मुक्त घोषणा गरिने बताए ।
उनले उत्पादन भएका इट्टा विक्री नहुंदा इट्टा व्यवसायीले बैंकको व्याजपनि तिर्न नसक्ने अवस्थामा पुगेको गुनासो गरे ।

सोना इट्टा उद्योगका सञ्चालक विक्रमरत्न बर्जचार्यले उद्योगलाई पूर्णरुपमा बालश्रम मुक्त गर्ने बताउंदै सबै श्रमिक र श्रमिक महिलामैत्री उद्योग बनाएर नमुना उद्योगका रुपमा चलाउने प्रतिवद्वता जनाए ।

कार्यक्रममा नेपाल इट्टा व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष केपी अबाल, श्रम तथा रोजगार कार्यालय रुपन्देहीका प्रमुख गिरीराज ज्ञवाली, सिद्वार्थनगर नगरपालिकाका पूर्व मेयर हरिप्रसाद अधिकारी, धुर्व धिताल लगायतले बोल्दै आर्थिक मन्दीले इट्टा व्यवसायी समस्यामा परेको बताए ।

यस अघि लुम्बिनीका इट्टा व्यवसायीले लुमिबनी प्रदेशका सबै इट्टा उद्योगहरुलाई बालश्रम मुक्त गर्ने प्रतिवद्वता जनाएका थिए । रुपन्देहीका सैब इट्टा उद्योगहरुलाई क्रमस बालश्रम मुक्त घोषणा गर्ने इट्टा व्यवसायीले प्रतिवद्वता जनाएका छन् ।