वाईसिएल बुटवलको अध्यक्षमा सृजन थापा, ६५ सदस्य रहेको नयां समिति गठन

बुटवल, भदौ २७ गते । नेकपा माओबादी केन्द्रको भातृ संगठन वाईसिएल बुटवल नगरको पुनर्गठन भएको छ । बुटवलको पार्टी कार्यालयमा सम्पन्न भेलाबाट ६५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।

वाईसिएल रुपन्देही जिल्ला सचिब प्रकाश थापाको अध्यक्षतामा बसेको भेलाले नयाँ नेतृत्व चयन गरेको हो । सृजन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको नेकपा माओबादी केन्द्र बुटवलका अध्यक्ष महेन्द्र भुसालले जानकारी गराएका छन् ।

जसको उपाध्यक्षमा रवि खड्का, आशिष न्यौपाने, रेखा चौधरी , सचिबमा तेज बहादुर रजाईली, सह–सचिबमा गौरब भण्डारी, कोषाध्यक्षमा बिराज राना चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष थापाले युवाहरुलाई कम्युनिष्ट आन्दोलनसंग जोडेर स्वरोजगार बनाएर युवाहरुलाई आर्थिक रुपमा सवल बनाउने बताए ।

बुटवलमा १ वर्षदेखि क्रियाशिल नरहेको वाईसिएलले पुनः जागरण कार्यक्रम अन्र्तगत पुनःजागृत गरेको हो । नेकपा माओबादी केन्द्रका स्थायी समितिका सदस्य गणेशमान पुनले आमयुवाहरुमा जागरण ल्याउन वाईसिएलले काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका नेता पुनले वाईसिएलले युवाहरुको मन जित्दै पार्टी संगठनलाई बलियो बनाउनका लागि निर्देशन दिएका छन् ।

नेकपा माओबादी केन्द्रका बुटवल नगर अध्यक्ष महेन्द्र भुसालले वाईसिएल अहिलेसम्म आराम गरिरहेको अवस्था रहेको र अबका दिनमा सक्रियता पूर्वक आमयुवासम्म पुग्नुपर्ने बताए ।

कार्यक्रममा पार्टीका जिल्ला संयोजक निर्मल जीसी, वाईसिएल रुपन्देहीका पूर्व अध्यक्ष सुजित विक, वाईसिएल केन्द्रीय सचिब माधव बस्नेत, पूर्व लुम्बिनी प्रदेश सांसद दिपा विक, प्रदेश सदस्य पुष्पराज ढकाल लगायतले बोल्दै अब पार्टीलाई सशक्त बनाउन वाईसिएलमा युवाहरुलाई संगठित गर्नुपर्नेमा जोड दिए ।