रुपन्देही एन प्याव्शनमा दुइ अध्यक्ष

 

बुटवल, असोज २ गते । राष्ट्रिय नीजि तथा आवाशीय विद्यालय एशो;ियशन नेपाल (एन प्याव्यासन) रुपन्देहीको आगामी तीन वर्षे कार्यकालका लागि दुइ जना अध्यक्ष निर्वाचित भएका छन् । छैठौं अधिवेशनले तीन वर्षे कायृकालका लागि दुइ अध्यक्षलाइ नेतृत्व ;म्हाल्ने गरी नेतृत्व प्रदान गरेको हो ।
.
रुपन्देहीको भैरहवामा सम्पन्न छैठौं अधिवेशनबाट अध्यक्षमा बिलप्रसाद गुरुङ र सह अध्यक्षमा तिलब केसी सर्वसम्वत रुपमा निर्वाचित भएका हुन् । तीन वर्षे कार्यकाल रहेको समितिको पहिलो एक वर्षपछि पुनः अर्काे अध्यक्ष चयन हुनेगरी सहमती भएको छ ।

अघिल्लो एक वर्षका लागि निर्वाचित गुरुङले एन प्याब्सनको नेतृत्व सम्हाल्नु हुने छ भने आगामी वर्ष २०८१ असोज एक गतेदेखि सहअध्यक्षमा निर्वाचित भएका केसीले एन प्याब्सन रुपन्देहीको अध्यक्ष बनि त्यसपछिको नेतृत्व सम्हाल्ने सहमती भएको हो ।

अधिवेशनले अध्यक्षपछिका सबैपदहरुलाई तीनै वर्षका लागि निर्वाचित गरेको छ ।  सम्पन्न अधिवेशनबाट एन प्याब्सनको उपाध्यक्षमा बाबुराम बन्जाडे, उपाध्यक्षमा अमरनाथ पाठक, सचिवमा अमित यादव, कोषाध्यक्षमा विनोद थापा मगर, सहसचिवमा लक्ष्मण अर्याल, सहकोषाध्यक्षमा राजेन्द्र पराजुलीलाई निर्वाचित हुनु भएको छ । यस्तै सदस्यहरुमा शंकरप्रसाद गौतम, सौगात भट्टराई, कमल पौडेल, करन राना, ओमप्रकाश यादव, एलबी रौतार, सुरेन्द्र बराई, रामऔतार यादव, रााम अचल गौड, अरविन्द हरिजन, सुन्दर यादव, कमलेश कुमार यादव निर्वाचित हुनु भएको एन प्याब्सनका केन्द्रीय सदस्य तथा निर्वाचन समितिका संयोजक विष्णुप्रसाद पौडेलले जानकारी गिराए ।

उक्त कार्यक्रममा एन प्याब्सन नेपालका सचिव कृष्णप्रसाद पौडेल, केन्द्रीय प्रतिनिधी बामदेव न्यौपाने, बालाकृष्ण तिवारी, देउप्रकाश राई, निर्वाचन समिति सदस्य होमनाथ ढुङगाना लगायतले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका छन् ।