अखिल छैठौंले शिक्षा  विधेयक र शिक्षा मन्त्रीको पुत्ला जलायो

बुटवल, असोज २ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौंले संसदमा प्रस्तुत विधालय शिक्षा विद्येयक र शिक्षा मन्त्रीको पुत्ला जलाएको छ ।
विद्यालय शिक्षा विद्येयक अव्यवहारिक, अबैज्ञानिक र संविधान बिरोधी भएको भन्दै अखिल छैठौंका विद्यार्थीले देशभर विद्येयक जलाउनुका साथै शिक्षा मन्त्री अशोक राइको पुत्लान दलह गरेका छन् । अखिल छैठौंले रुपन्देहीको बुटवलमा पनि विद्यालय शिक्षा विद्येयक २०८० खारेजी र शिक्षा मन्त्रीको राजीनामा माग गरेको छ ।

बुटवलमा प्रहरीले दमन गरेपनि अखिल छैठौंमा आवद्व विद्यार्थीले विद्येयक जलाउनुका साथै शिक्षा मन्त्रीको पुत्ला दहन गरेका हुन् ।
बुटवलको ट्राफिकचोकमा आयोजित कार्यक्रममा बोल्दै अखिल छैठौंका केन्द्रीय सचिव सरोजमान सिंहले विद्यालय शिक्षा विद्येयकले नीजि क्षेत्रलाई प्रोत्सान गरी सरकारी शिक्षालाई उपेक्षा गरेको बताए ।

विद्यालय शिक्षा विद्येयक खारेज गरेर नयां विद्येयक ल्याउन सरकारसंग माग गर्दै उनले भने – संसदमा प्रस्तुत गरिएको विद्यालय शिक्षा विद्येयक २०८० खारेज नभए सरकारले थेग्नै नसकैन गरी आन्दोलनमा उत्रने छौ । शिक्षा, स्वास्थ्य क्षेत्र दलाल शैक्षिक माफियाको हातमा गैसकेको बताउंदै निश्चित शिक्षा माफियाहरुको रोहवरमा विद्यालय शिक्षा विद्येयक आएको दावी गरे ।


अखिल छैठौं रुपन्देही अध्यक्ष सागर बेलवासेले यो विद्यालय शिक्षा विद्येयक संविधान बिरुद्व आएको बताउंदै खुल्ला प्रतिष्पर्दाबाट शिक्षक नियुक्त हुनुपर्ने बताए ।
शैक्षिक माफियाहरुको माग सम्बोधन गरी सरकारले ल्याएको विद्यालय शिक्षा विद्येयक खारेज नभए संयुक्त आन्दोलमा उत्रने बताए ।
सरकारद्वारा प्रस्तुत विधेयकमा शिक्षाको निजीकरण र व्यापारीकरण जोड दिएको, निजी स्कुललाई लुत्ट छुट दिएर फेरी पनि शैक्षिक माफिया दलाल र व्यापारीको हातमा शिक्षालाई वैधानिक रूपमै सुम्पेको अखिल छैठौंले बताएको छ ।

विद्यालय शिक्षा विधेयकलाई कलंकित विधेयकको संज्ञा दिंदै अखिल छैठौंका केन्द्रीय अध्यक्ष देवेन्द्र कुवंरले विद्योयक खारेजका लागि एकल र संयुक्त रुपमा आन्दोलनमा जान सकिने भन्दे विज्ञप्त िनिकालेका छन् ।

शिक्षा ऐनले देशको भुगोल, माटो र आवश्यकतालाई सम्बोधन गर्न सक्नुपर्दछ । वर्तमान शिक्षा प्रणाली आफैमा अवैज्ञानिक, अव्यवहारिक र कर्मकाण्डी रहेको विज्ञप्तीमा उल्लेख छ ।