शिक्षा विधेयक बिरोधमा देशभरका शिक्षक काठमाण्डौ केन्द्रित

बुटवल, असोज ३ गते । संसदमा पेस भएको विद्यालय शिक्षा विधेयक खारेजको माग गर्दै देशभरका शिक्षकहरु काठमाणडौ केन्द्रित भएका छन् । विद्यालय शिक्षा विधेयक संविधानको बिरुद्द ल्याएको भन्दै सरकारी स्कुलहरुमा पढाउने शिक्षकहरुले उक्त विद्येयकको बिरोध गरेका छन् ।

सरकारले विद्यालय शिक्षा विधेयक खारेज गर्ने प्रतिवद्वता नजाएसम्म आन्दोलन जारी रा ख्ने शिक्षकहरुले बताएका छन् । विभिन्न दल निकट शिक्षक संघ संगठनमा आवद्व देशभरका शिक्षहरु काठमाण्डौमा केन्द्रित भएर बाध्यताले आन्दोलन उत्रनु परेको शिक्षक कल्याण खड्काले नयां दिशालाइ बताए ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर सडक आन्दोलन गरेको छ।

बुधबार देशभरिका विद्यालय बन्द गरी समितिले काठमाडौं केन्द्रित आन्दोलन गरेको हो। शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन गर्न नसकेको भन्दै महासंघले आन्दोलन गरेको हो।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा शिक्षकहरु आन्दोलनमा उत्रेका हुन् ।