प्रदेश सरकारले देख्ने गरी काम गरेन – लुम्बिनी प्रदेश प्रमुख

बुटवल, असोज ५ गते । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरेचनले प्रदेशले देखिने गरी काम गर्न नसकेको बताएका छन् । प्रदेश सरकारले जनताले देख्ने गरी काम गर्न नसकेकै कारण संघीयता र यो व्यवस्थाका बिरोधीलाई कुरा काट्न सजिलो भएको बताए । प्रदेश प्रमुख शेरचनले जनताले देख्ने गरी घरदैलोसम्म पुगेर जनताकोहितमा काम गर्नुपर्नेमा जोड दिए ।

 

संबिधान दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरेचनले भने – प्रदेश सरकारले जनचाहाना अनुसारको काम गर्न नसक्दा प्रदेश माथि प्रश्न उठ्यो । सरकार माथि प्रश्न नउठ्ने गरी काम गर्न मुख्यमन्त्रीलाई आग्रह गर्दै लुम्बिनी प्रदेशले अन्य प्रदेशले भन्दा राम्रो काम गरेर अन्य प्रदेशले अनुसरण गर्ने गरी काम गर्नुपर्ने बताए ।

प्रदेश प्रमुख शेरचनले नेपालको संविधान नेपाली मौलिकताको भएको बताउंदै नेपालको संविधान विश्वमै नयां प्रकार संविधान बनेको दावी गरे।
प्रदेश अर्झ बालक रहेको बताउंदै संविधान अनुसार काम गरेमा प्रदेश सरकारको काम देखिने प्रदेश प्रमुख शेरचनको भनाइ । भ्रष्टाचार जनताको एक नम्बर सत्रु भएको बताउंदै भ्रष्टाचार, अनियमितताको अन्त्य गर्नुपर्नेमा जोड दिए । सहमती, सहकार्य र एकताको माध्यमबाट राष्ट्रिय एकता र मुलुकको सम्वृद्वि हुने प्रदेश प्रमुख अमिक शेरचनको भनाइ छ ।

 

प्रदेश प्रमुखले आयोजना गरेको शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रममा मुख्यमन्त्री डिल्लीप्रसाद चौधरी, सभामुख तुलाराम घर्ती, प्रमुख प्रतिपक्ष दलका नेता लिला गिरी, मन्त्रीहरु, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता थियो ।