सामाजिक क्षेत्रमा क्रियाशील मानव कल्याण मित्र मञ्चको पांचौ साधारण सभा

श्यामलाल पोखरेल
बुटवल, असोज ६ गते । २०७५ साल चैत्र ९ गते रुपन्देहीको तिलोत्तममा स्थापना भएको मानव कल्याण मित्र मञ्चले आज पांचौ साधारण सभा गर्दै छ । मानव कल्याण मित्र मञ्च नेपाल एक गैरराजनीतिक नितान्त सामाजिक संस्था हो । स्थापना कालदेखि मानव कल्या मित्र मञ्च नेपालले मानवीय सेवाको क्षेत्रमा काम गर्दै आएको छ ।

२०७५ साल चैत्र ९ गते रुपन्देहीको तिलोत्तममा स्थापना भएको यस संस्थाले महिला तथा बालबालिका, वृद्ववृद्वा, शिक्षा, स्वास्थ्य र सरसफाईको क्षेत्रमा काम गर्दै आएको छ । कानुनी रुपमा रुपन्देहीमा दर्ता भएपनि मानव कल्या मित्र मञ्चको कार्यक्षेत्र देशरभर र विदेशमासमेत रहेको छ । विशेष गरी छिमेकी देश भारतमा हराएका, अलपत्र परेका, विभिन्न अभियागमा जेलमा रहेका, उपचारको क्रममा अस्पतालहरुमा रहेर नेपाल फर्कन नसकेर समस्यामा परेका नेपाली दाजुभाई, दिदी बैनी, बालबालिका सबैलाई उद्वार गरी नेपाल ल्याएर घरपरिवार तथा आफन्तलाई बुझाउने काम गर्दै आएको छ ।

भारतमा रहेको प्रवासी मित्रसंगको सहकार्यमा भारतको कानुनी पक्रिया पुरा गरी नेपालीलाई उद्वार गरेर नेपाल ल्याउने मानव कल्याण मित्र मञ्च नेपालको प्रमुख काम बनेको छ । संस्थाका अध्यक्ष दुर्गाप्रसाद अर्यालका अनुसार अहिलेसम्म संस्थागत रुपमा महिला तथा बालवालिका गरी १३ जनाको उद्वार गरी आफन्त तथा घरपरिपवारको जिम्मा लगाइएको छ ।
मानव कल्याण मित्र मञ्चले २०७७।१।२९मा भारतको दिल्लीमा हराएका गुल्मी दुर्कोटका १४ वर्षका बालक सागरलाई उद्वार गरी घरपरिवारलाई जिम्ममा लगाइयो । २०७८।२।२६ मा १९ गते रुपन्देही देवदका अविनाश सुनारलाई प्रवासी मित्र मञ्च नेपालको अनुरोधमा भारतबाट उद्वार गरी घरपरिवारलाई जिम्मा लगायो । त्यसै गरी कोहोल पुरका ९ र ५ वर्षका बालकहरु र एक वबालिका उद्वार गरी आफन्तलाई बुझाईयो । वैतडीका १ बालक प्रकाश(रमेश)का अभिभावक आउन असमर्थ भएको हुँदा अभिभावक आउने समयसम्मको लागि अविनास अनाथ आश्रम, कोटिहवा, रूपन्देहीको जिम्मा लगाइएको थियो ।

२०७८।३।२३ गते रुकुमका करिव १७ वर्षका भिम थापालाई घरपरिवारको जिम्मा लगाईयो । बालक भिम थापालाई सिर्जनसिल संस्था नेपाल बाल होम मंगलापुर, रुपन्देहीमा रहने व्यवस्था गरिएको थियो । २०७८।३।२३ मा प्रेम कार्की सुमन (परियार) भारतको फिरीेजाबादमा अलपत्र असहाय अवस्थामा फेला परेका बालक चाइल्ड वेलफेयर कमिटीको आदेशबाट बाल होममा रहेका बालकलाई विभिन्न चरणमा विभिन्न निकायबाट सूचना संकलन गरी नेपाली राजदुतावास वाग्मती गाउँपालिका सर्लाहीको पत्र बमोजिम २०७८।०६।२१ मा रूपन्देही प्रहरी प्रशासन कार्यालयको रोहवरमा सफलतापूर्वक आमा सीतामाया परियारको जिम्मा लगाइयो । २०७८।३।३१ सञ्चरमाध्यामबाट प्राप्त जानकारी अनुसार भारतमा ८ वर्षको उमेरमा हराएकी अमृता भुसालको बुबा दिपक भुसाल र आमा सुनिता भुसालको अन्य जानकारी प्राप्त भएको छैन ।

 

२०७५ साल चैत्रदेखि सामाजिक क्षेत्रमा क्रियाशील यो संस्थाले नेपालमा रोटरी क्लव अफ मणिग्राम, तीनै तहका सरकार तथा जनप्रतिनिधि, विभिन्न सामाजिक संघसस्था, नागरिक समाज, प्रहरी प्रशासन, सामाजिक समाजसेवी व्यक्तित्वहरु र मिडियाकर्मीहरुसंग सहकार्य गरी मानवीय सेवामा सर्मपित छ ।

अध्यक्ष दुर्गाप्रसाद अर्याल र पुरुषोत्तम भट्टराई संरक्षक रहेको मानव कल्या मित्र मञ्च नेपाल अहिले रुपन्देहीमा सामाजिक क्षेत्रका कामहरुमा सक्रिय छ । यो मानव कल्याण मित्र मञ्चले कोभिडको बेला सबै भन्दा उत्कृष्ट काम गरेको छ । कोभिड महामारीको बेला रुपन्देहीको तिलेत्तमास्थित वडा नम्बर २ मा रहेको अस्पतालका लागि २ लाख ५२ हजारबको आइसियु वेड सहयोग गरेको थियो । त्यस्तै सोही ठाउंमा रहेको दुर्गादत्त माविमा बालवालिकालाई शैक्षिक सामाग्री वितरण गर्नुका साथै न्यानो कपडा स्वीटरपनि सहयोग गरेको थियो । उक्त दुर्गादत्त माविमा चिसो पानी वितरण गरियो । त्यसै गरी बुटवलको ज्ञानोदय मावि, नयांगाउ मावि, तिलोत्तमा सीमानगरको सगरमाथा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक समाग्रीका साथै न्यानो कपडा वितरण गरियो । त्यस्तै रपन्देहीको तिलोत्तममा रहेको अविनास अविनास अनाथ आश्रमलाई सहयोग गर्दै उक्त आश्रममा आश्रित बालवालिकालाई राष्ट्रिय बाल दिवस २०८० को अबसरमा शैक्षिक सामाग्री उपलब्ध गराउनुका साथै तीजको दर खुवाउने कार्यक्रम गरेको थियो मानव कल्याण मित्र मञ्चले । सामाजिक काम गर्ने क्रममा बाढी पीडितहरुका लागि राहत वितरण गर्दै आएको छ । गुल्मी, रुपन्देहीका बाढी पीडितलाई सहयोग गरियो ।
उद्देश्य

संस्थाले समाजमा रहेका विद्यामान कुरुती हटाई आपसी सद्भावको वातावरण स्थापित गर्ने । मानव बेचबिखन, महिला बालबालिका हिंसाको रोकथाम गर्ने, पीडितको उद्धार गर्ने, पुनस्र्थापनामा पहल, सीपमूलक तालिम, गराई, आत्मनिर्भर, न्यायिक लडाईंमा सहयोग गर्ने साथै प्रवासको विभिन्न स्थानमा पींडित हुन बाध्य भएका महिला बालबालिका पुरुष, वृद्धाहरुलाई स्वदेश फिर्ता गराई उद्धार गर्ने । व्यवसायिक, सिपमूलक तालिम सञ्चालन गर्ने, युवाहरुलाई आत्मनिर्भको व्यवस्था गर्ने । समाजको विभिन्न क्षेत्रमा रहेका विपन्न वर्गको उत्थानको लागि सहयोगको वातावरण सिर्जना गर्ने, सरकारी, गैरसकारी संघससथासंग समन्वय र सहकार्य गरी सामाजिक क्षेत्रमा काम गर्ने, संस्थाको उद्देश्य सम्बन्धित गोष्ठी, कविता, कार्यशाला सभा गर्ने एवम् छात्रवृत्ति पुरस्कार प्रदान गर्ने । संस्थाको उद्देश्य बमोजिम स्थापित भएका क्षेत्रीय, राष्ट्रिय , अन्तर्राष्ट्रिय संघसंस्थाहरू समक्ष सम्पर्क कायम राख्ने, बालबालिका, गरिब, असहाय, अशक्त, अनाथ, अपाङ्ग, वृद्धवृद्धा दैवी प्रकोपबाट घटनामा परेका मानवको सेवामा सहयोग पुराउने, शिक्षाः नेपाली भाषा, साहित्य, सामुदायिक विद्यालय, क्याम्पसमा अध्ययन गर्ने गर्दै असहाय जेहेन्दार विद्यार्थीका लागि संस्थाको क्षमता अनुसार छात्रवृत्ति पोशाक, स्टेशनरी सहयोग गर्ने । स्वास्थ्यः खेलकुद, योगा, औषधि उपचारबाट बञ्चित, पर्यावरणको संरक्षण सम्वद्र्धन गर्दै सामाजिक विकास सरसफाई, स्वास्थ्य क्लिनिकको व्यवस्थामा सहयोग गर्ने । भाषा संस्कृतिः नेपाली भाषा, नाता, साहित्य, सनातन धर्म संस्कृति तथा विभिन्न भाषा धर्म कलाको संरक्षण र सम्मान गर्ने, छिमेकी मुलुकको नागरिकसंगको सम्बन्धलाई सुमुधुर मित्रता शान्ति तथा विश्वासको वातावरण स्थापित गर्ने, राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ संस्थामा मानव कल्याणको कार्यमा मेलमिलापको वातावरणको व्यवस्था मलिाउनका लागि काम गर्ने मानव कल्या मित्र मञ्चको उद्वेश्य छ ।

संस्था सञ्चालनका लागि कार्यालय तथा भवन आवश्यक परेकाले भवन निर्माण गर्ने र त्यसका लागि तिलोत्तमाको स्थानीय सरकारसंग माग गर्ने काम भएको छ । अहिलेसम्म जग्गा उपलब्ध नभएकाले संस्थाको आफ्नै भवन छैन । आफ्नै भवन बनाएर सामाजिक कार्य सञ्चालन गर्ने संस्थाको योजना छ ।

मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष, पदाधिकारी, सदस्यहरु, संरक्षण, सल्लाहाकार  ।
अध्यक्ष श्री दुर्गाप्रसाद अर्याल
उपाध्यक्ष देवी अर्याल भट्टराई
उपाध्यक्ष देवीप्रसाद गौतम
महासचिव झविलाल अधिकारी
सचिव कविता पन्थी
सह–सचिव तिर्थराज पौडेल
कोषाध्यक्ष शालिकराम गौतम
सह कोषाधयक्ष प्रकाश भट्टराई

सदस्यहरु

विवेक खरेल, सुरजप्रकाश ज्ञवाली, शेषकान्त खरेल, निर्मल बस्याल, भगवती तिवारी घिमिरे आदि ।

संरक्षक

पुरुषोत्तम भट्टराई
प्रमुख सल्लाहकार टेकबहादुर थापा
सल्लाहकार अम्बिका अर्याल, ध्रुवराज मरासिनी, गोविन्द पोखरेल र यादाव क्षेत्री आदि ।

 

कानुनी सल्लाहकार
कुलमणी ज्ञवाली

 

पे्स सल्लाहकार
यमलाल भुसाल

महिला विभागका पदाधिकारीहरु
संयोजक पार्वती केसी
सहसंयोक सीता गौतम
महासचिव ईन्द्रा ढकाल
सचिव भागिरथी घिमिरे
सह–सचिव प्रियंका अर्याल

सदस्यहरु
मधु उप्रेती, रुपा के.सी. भगवती न्यौपाने तारा भट्टराई  ।
आन्तरिक आय–व्यय जांच समिति
संयोजक सूर्यबहादुर राना
सह–संयोजक मञ्जु भुसाल

सदस्यहरु
तोयनाराण गैरे, सचिन पन्त ।

 

साधारण सभामा समाजसेवी तथा सहयोग दाता र आजीवन सदस्यलाइ सम्मान

बुटवल, असोज ६ गते । सामाजिक क्षेत्रमा क्रियाशील मानव कल्याण मित्र मञ्चको पांचौ साधारण सभा भएको छ । मानव कल्याण मित्र मञ्चको शनिबार पांचौ साधारण सभा सम्पन्न भएको हो ।


मानव कल्याण मित्र मञ्च नेपालले साधारण सभामा समाजसेवी, संस्थाको अक्ष्यकोषका लागि सहयोग गर्ने सहयोग दाता, आजीवन सदस्यहरुलाई सम्मान गरेको छ । समाजसेवी तथा सहयोगी पुरुषोत्तम बस्याल, पुनराम अधिकारी लगायतलाई संस्थाले सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले भारतमा अलपत्र परेका नेपालीलाई उद्वार गरेर नेपाल ल्याएर घरपरिवारलाई बुझाउने काम महत्वपूर्ण भएको बताउंदै महिला, बालवालिका तथा मानवीय क्षेत्रमा काम गर्ने संस्थालाई सहयोग गर्ने प्रतिवद्वता जनाए ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मानव कल्याण मित्र मञ्चले राज्यले गर्ने काम गरेको उल्लेख गर्दै भारतमा अलपत्र परेका नेपाली नागरिकलाई उद्वार गर्ने संस्थालाई प्रशासनले सहयोग गर्ने बताए ।

मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले मानवीय क्षेत्रमा काम गर्नेगरी संस्था स्थापना गरिएको बताए ।
महिला तथा बालबालिका, वृद्ववृद्वा, शिक्षा, स्वास्थ्य र सरसफाईको क्षेत्रमा विनासर्त काम गरेर मानवीय सेवा गर्ने अध्यक्ष अर्यालको भनाइ छ ।

कार्यक्रममा संस्थाका संरक्षक पुरुषोत्तम भट्टराई, डाक्टर दामोदर भुसाल, संस्थाका सल्लाहाकार तथा पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा लगायतले बोल्दै भारतमा अलपत्र परेका नेपालीलाई उद्वार गर्ने काम नै मानवीय धर्म भएको बताए ।
संस्थाका अध्यक्ष दुर्गाप्रसाद अर्यालको अध्यक्षता र सचिव कविता पन्थीको सञ्चालनमा कार्यक्रम भएको थियो ।