कुटपिटको बिरोधमा डाक्टरहरु सडकमा

बुटवल, असोज ९ गते । उपचारमा संलग्न डाक्टरहरुमाथि हातपात भएपछि त्यसको बिरोधमा डाक्टरहरु सडमा उत्रेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि कुटपिटको विरोधमा डाक्टरहरुले काठमाडौंमा सडक प्रदर्शन गरेका छन् ।

 

माइतीघरमण्डलमा ठूलो संख्यामा भेला भएका डाक्टर तथा चिकित्सकले आफूहरुको भौतिक सुरक्षा नभएको भन्दै भौतिक सुरक्षा दिन राज्यसंग माग गरेका छन् ।
उपचारमा संलग्न स्वास्थ्यमकर्मी माथि हातपात गर्दै अभद्र व्यवहार गर्नेलाई हदैसम्मको कारवाही गरी भौत्कि सुरक्षा दिनुपर्ने डाक्टरहरुको मुख्य माग छ ।

लम्जुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार मृत्यु भएको थियो । मृतकका आफन्तले डाक्टरले लापरवाही गरेको भन्दै हातपात गरेका थिए ।