राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा नयां नेतृत्व, अध्यक्षमा मोहन भुसाल

बुटवल, असोज ११ गते । राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषको सातौं बार्षिक साधारण सभा तथा चौथौ अधिवेशन सम्पन्न भएको छ । बार्षिक साधारण सभा तथा अधिवेशनबाट नयां नेतृत्य निर्वाचित भएको छ । मोहन भुसालको अध्यक्षतामा नयां नेतृत्व सर्वसम्वत रुपमा निर्वाचित भएको हो ।
जसको वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, उपाध्यष महमद् कलिम, महासचिव प्रकाश रिजाल, सचिव होमबहादुर पाण्डेय, सहसचिव दिनेश कुमार कसौधन, कोषाध्यष ओमबहादुर कुंवर रहेका छन् ।

सदस्यहरुमा सन्तराम यादव, सत्रुधन शाह, लक्ष्मण भट्टराई, अशोक वस्नेत, लिलाधर लुइटेल, पूर्णबहादुर परियनार, लक्ष्मण कार्की, सन्तोष थापा, नमराज गिरी र दीपक शर्मा सर्वसम्वत रुपमा निर्वाचित भएका छन् ।
बिहीबार आयोजित सातौं बार्षिक साधारण सभा तथा चौथौ अधिवेशनमा बोल्ने वक्ताले यातायात व्यवसायी र मजदुरका समस्याप्रति राज्यले सम्बोधन गर्न नसकेको बताए ।

आर्थिक मन्दिले मारमा परेका यातायात व्यवसायी र मजदुरलाई राहत दिन उनीहरुले सरकारसंग माग गरेका छन् ।
सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले यातायात व्यवसायी र मजदुरका समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्वता जनाएका छन् ।

नवनिर्वाचित अध्यक्ष मोहन भुसालले कोरोना महामारी र आर्थिक मन्दिले यातायात व्यवसायी सबै भन्दा बढी मारमा परेको बताउंदै त्यसतर्फ गम्भीर हुन सरकारलाई आग्रह गरे । उनले नीजि क्षेत्र मारमा परेको उल्लेख गर्दै नीजि क्षेत्रको संरक्षण गर्ने दायित्व राज्यको भएपनि राज्यले आफ्नो दायित्व पुरा गर्न नसकेको बताए ।

कार्यक्रममा बुटवल वडा नम्बर ३ का वडाध्यक्ष विष्णु ढकाल, बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराई, रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, बुटवल १३ का जनप्रतिनिधि नहकुल शाही, नेकपा माओवादी केन्द्रका निर्मल जीसी, नेकपा माओवादी केन्द्रक बुटवलका अध्यक्ष महेन्द्र भुसाल, यातायात व्यवसायी तथा नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङलगायतले आआफ््नो भनाइ राखेका थिए ।
मोहन भुसालको अध्यक्षता, होमबहादुर पाण्डेयको स्वागत र माधवप्रसाद श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको हो ।