बुटवलमा अनुगमन जारी, मापदण्ड पालना नगर्नेलाई कारवाही

बुटवल, असोज १४ गते । बुटवल बजारमा अनुगमन गरिएको छ । बुटवल उपमहानगरपालिकाले चाडपर्व नजिकिएसंगै अनुगमन गरेको हो । बेलाबेला अनुगमन गर्दै आएको बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिन थालेको छ ।

बजारमा अखाद्य बस्तु विक्रि भएको, महंगो मुल्यमा व्यापारीले बस्तुको विक्री वितरण गरेको गुनासाहरु बढेको बुटवल उपमहानगरपालिकाले बताएको छ ।
आईतबार बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालको अगुवाईमा खाद्यान्य पसलहरु अनुगमन गरिएको छ । अनुगमनका क्रममा लेवल विनाका सामानहरु विक्री गरिएको भेटिएको थियो । त्यस्तै दैनिक उपभोग्य बस्तुको मुल्यमा एकरुपता नदेखिएको अनुगमन समितिकी संयोजकसमेत रहेकी उपप्रमुख सावित्रादेवी अर्यालले बताइन । उनले अब बजार अनुगमनमलाई तीव्रता दिएर बुटवलका आमउपभोक्ताको हितमा काम गर्ने प्रतिवद्दता जनाइन ।

अनुगमनका क्रममा चाडपर्वमा बढी मात्रमा विक्री हुने मसला तथा जिरा, धनिया, चिनीको मुल्यमा एकरुपता नदेखिएको उपप्रमुख अर्यालले बताइन ।
थोक विक्रेताबाट भ्याटसहित ७१२ रुपैयां प्रतिकिलो पर्ने मसला तथा जीरा खुद्रा व्यापारी कहां पुगेपनि खुद्रामा भने प्रतिकिलो १ हजार ३ सय रुपैयांमा विक्रीहुने गरेको अनुगमनका क्रममा भेटिएको छ ।

पवन किराना पसलले जीराको थोक विक्रि गर्दा प्रतिकिलो ७१२ रुपैयां परेपनि विष्णु किराना पसल सहितका खाद्यान्य पसलमा प्रतिकिलो १ हजार २ सयदेखि १ हजार ३ सय रुपैयांमा विक्रीहुने गरेको भेटिएको छ । अनुगमन टोलीले बढि मुल्य विक्रि गर्नेलाई मुल्य समायोजन गरेर विक्रि गर्न आग्रह गरेको छ । त्यस्तै बजारमा चिनीको मुल्यमा पनि एकरुपता भेटिएको छैन ।

खाद्यान्य पसल अनुसार प्रतिकिलो चिनीको मुल्य ११० देखि १२० रुपैयांसम्म पर्ने गरेको अनुगमन टोलिले भेटाएको छ ।
बुटवल उपमहानगरपालिकाका ठगिश्वर पोखरेल, सूचना अधिकारी तुल्सा शर्मा, पत्रकार, नगरप्रहरी, नेपाल प्रहरीसहितको टोलीले बजार अनुगमन गरेको थियो ।

मापदण्ड विपरित कारोबार गर्ने पसल तथा व्यवसायीलाई कानुन अनुसार कारवाही गरिने बुटवल उपमानगठरपालिकाकी उपमेयर तथा अनुगमन समितिकी संयोजक सावीत्रादेवी अर्यालले बताइन ।