बुटवल मोतीपुर औधोेगिक क्षेत्रको विषयमा छलफल

बुटवल, असोज १५ गते । बुटवल मोतीपुर औधोेगिक क्षेत्रको प्रगतिको वियायमा बुटवलमा छलफल गरिएको छ ।
सोमबार औधोेगिक क्षेत्र निर्माणको विषयमा हालसम्म केके भयो भनने विषयमा सरोकारवाला निकायवीच छलफल भएको हो । बुटवल उपमहानगरपालिकाको हलमा छलफल भएको हो ।

सोही छलफल कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीपुर औधोेगिक क्षेत्र निर्माणका लागि आवश्यक प्रक्रिया अगाडी बढाउन आग्रह गरेका छन् ।
मोतीपुर औधोेगिक क्षेत्र निर्माणका लागि बुटवल उपमहानगरपालिकाले पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्वता जनाउंदै छिटो काम अडागी बढाउन आग्रह गरे ।

२०२२ सालदेखि बसोबास गर्दै आएका स्थानीयका समस्या समाधान गरेर औद्योगिक क्षेत्र निर्माणका लागि ड्रोनबाट जग्गा नापजांच गरिएको र सोही अनुसारको जग्गा एकिन गरी निर्माणको काम अगाडि बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइले औधोेगिक क्षेत्र निर्माणका लागि स्थानीय तहहरुबाट भएको पहल सकारात्मक भएपनि संघीय सरकारले गर्नुपर्ने काम बांकी रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले औधोेगिक क्षेत्र निर्माणमा सबैको चासो भएमा काम अगाडि बढाउन स्थानीय प्रशासनले सहयोग गर्ने प्रतिवद्वता जनाए ।
बुटवल औधोेगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख प्रकाश अधिकारीले मोतीपुर औद्योगिक क्षेत्रको हालसम्म भएको प्रगतिबारे जानकारी गराएका थिए ।