बुटवलमा नीतिगत भ्रष्टाचार बढेको एमालेको दावी

बुटवल, असोज १६ गते । बुटवल उपमहानगरपालिका भित्र नीतिगत भ्रष्टचार बढेको एमालेले बताएको छ । विकास निर्माणका कामदेखि हरेक काममा नीतिगत भ्रष्टाचार बढेको एमाले बुटवल नगरसमितिले दावी गरेको छ । एमाले बुटवलले मंगलबार पत्रकार सम्मेलन गरी कांगे्रसबाट निर्वाचित नेतृत्वको टिमले विकासको नाममा नीतिगत भ्रष्टाचार गरेको एमाले नगर अध्यक्ष किसन ज्ञवालीले बताए ।

नगर प्रमुखको खेलराज पाण्डेयको स्वच्छेचारी कार्यशैलीले जनताका एजेण्डालाई राजनीतिककरण गरेको एमाले बुटवलका अध्यक्ष किशन ज्ञवलाीले पत्रकार सम्म्ेलन गरी आरोप लगाएका छन् ।

नगरप्रमुख पाण्डेयले कुनैपनि विकास निर्माण, योजना तर्जुमालाई राजनितीक आंखाले हेर्ने गरेको र एमालेले ल्याएको योजनामा राजनीति गरेर बास्पास गर्दिने गरेको नगर अध्यक्ष ज्ञवालीले बताए ।

मंगलबार नगर प्रमुख पाण्डेयलाई ज्ञापन पत्र बुझाएपछि एमाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी अध्यक्ष ज्ञवालीले बजेट विनियोजन, योजना छनोट गर्दा पनि बहुमत र अल्पमतको धम्की दिएर नगर प्रमुख पाण्डेयले राजनीतिक रुपमा मनोमानी गरेको आरोप लगाए ।

नेकपा एमाले बुटवल नगर समितिले २४ बुंदे ज्ञापन पत्र बुझाएको छ ।