बुटवललाई पुरानै लयमा पर्काउन मेरो उम्मेदवारी – श्रेष्ठ

बुटवल, असोज २० गते । बुटवल उधोग बाणिज्य संघको ७० औं बार्षिक साधारण सभा तथा २५ औ अधिबेशनको निर्वाचन यही असोज २२ गते हुंदै छ । साधारण सभा तथा अधिवेशनबाट नयां नेतृत्व चयनमा सहमति नभएपछि निर्वाचन हुन लागेको हो ।
अहिलेको नयां नेतृत्वका लागि दुई वटा प्यानल खडा भएका छन् । दिनेशप्रसाद श्रेष्ठ र हरिप्रसाद अर्यालको नेतृत्वमा छुट्टाछुट्टै प्यानल खडा छ । दुवै जना लामो समयदेखि बुटवलमा रहेर व्यापार व्यवसाय गर्दै उधोगमा लागेका उधोगी हुन् । दिनेशप्रसाद श्रेष्ठ २१ बर्षदेखि बुटवल उधोग बाणिज्य संघको विभिन्न पदमा रहेर काम गरेका अनुभवी उधोगीका नेता हुन् ।

युवा व्यवसाय दिनेशप्रसाद श्रेष्ठ २०२९÷३० साल तिर बुवा अमरप्रसाद श्रेष्ठको साथ लागेर बुटवलमा आएका थिए । पाल्पाको भैरवस्थानमा जन्मिएका दिनेश बुवासंग बुटवल झरेपछि बाल्यकाल बुटवलमै वित्यो । बुवा पाल्पामा कपडाको व्यापार गर्थे । त्यो छाडेर आएका बुवा अमरप्रसाद श्रेष्ठले बस किने । संगम बस सेवाको नामबाट बस चलाए ।
बुटवलको बुटवल माविबाट ०४३ सालमा एसएलसी उत्तिर्ण गरेका श्रेष्ठले बुटवल बहुमुखी क्याम्पसमा विज्ञान संकाय पढ्न भर्ना भए ।
तर व्यापारमा मन बढ्दै गएपछि आईएस्सीको पढाई बिचमै छाडेर उनी लुम्बिनी वाणिज्य क्याम्पसमा आईकम पढ्न सुरु गरे । लुम्बिनी वाणिज्यबाट स्नातक गरेपछि भने उनको यात्रा व्यावसाय क्षेत्रमा सुरु गरे ।

वि.स. ०४५ सालमा फेन्सी पसल सुरु गर्दै व्यवसायीक यात्रा सुरु गरेका उनले यो बीचमा धेरै संघर्ष गर्दै अगाडि बढे ।

केही समय फेन्सी गरेपछि उनले किराना पसल सुरु गरे । किराना पसलबाट उनलाई मनग्ये आम्दानी भयो । किराना पसल चलेको देखेर उत्पादकहरु उनलाई डिलर दिए । २०५८ सालसम्म पुग्दा उनी केही कम्पनीका अधिकृत बिक्रेता बनेर सफलता हासिल गरे । २०५९ सालदेखि उनको बिजनेशमा लिकर्स व्यवसाय पनि थपियो र उनी मदिराको डिस्ट्रिब्युटरको काममा पनि सफल व्यवसायीको रुपमा परिचय बनाए ।

बुटवल उद्योग बाणिज्य संघमा प्रवेश

व्यापार संगसंगै २०५९ सालदेखि उनको व्यावसायिक नेतृत्वको यात्रा पनि सुरु भयो । २०५९ सालमा दिनेश कार्यसमिति सदस्य पदमा बुटवल उद्योग वाणिज्य संघमा प्रवेश गरे । २०५९ देखि ६८ कार्यसमिति सदस्य ४ कार्यकाल, २०६८ देखि ७१ सम्म सचिव, २०७१ देखि २०७४ सम्म कोषाध्यक्ष, २०७४ देखि ७७ महासचिव, ७७ देखि ८० सम्म वरिष्ठ उपाध्यक्ष बनेर २१ वर्ष अनवरत संघ मार्फत उद्योगी व्यवसायीको हितमा काम गरेको उनी बताउछन् ।

व्यवसायीका समस्या संग सधै नजिक रहने दिनेशप्रसाद व्यवसायी माझ सरल, ईमान्दारीका रुपमा परिचित छन् । दिनेशप्रसाद श्रेष्ठ व्यवसायीको अलवा सामाजिक क्षेत्रमा पनि उत्तिकै संक्रिय छन् । १९९७–९८ सालमा लियो क्लब अफ बुटवलको अध्यक्ष भए । २००५ मा बुटवल जेसिजको अध्यक्ष बने । सन २०१७–१८ मा बुटवल लायन्स क्लबको अध्यक्ष हुँदै लायन्स ३२५ पी नेपालको कोषाध्यक्ष सम्म पुगेर उनले सेवा गर्ने काम गरे ।

निर्वाचनको सेरोफेरोमा रहेर नयांदिशाले गरेको संक्षिप्त कुराकानी ।

चुनावी प्रतिबद्दताहरु केके छन् यहांसंग ?

मसंग धेरै अनुभव छ । उधोगी व्यवसायीका समस्या के हुन् र कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा । साना व्यवसायीदेखि ठुलो लगानीमा स्थापित उद्योगहरुका समस्या एकै प्रकारको नभएको र त्यस्ता समस्यालाई सहज रुपमा समाधान गर्ने मसंग योजना छ ।
बुटवलबाट क्रमस व्यवसायीहरु सटर बन्द गरेर हिड्नुको समस्या रोक्ने, महंगो व्याजको समस्या, बुटवलमा घर बहालको समस्या, भन्सारको समस्या, अन्डर बिलिङ, पार्किङ, करको झन्झटका समस्या हल गर्ने र उधोगी व्यवसायीलाई राहत दिएर बुटवललाई पुरानै लयमा पर्काउने मेरो चुनावी प्रतिवद्दता हुन् । म अध्यक्षमा आएपछि भनेको कुरा गर्छु । दिनेश श्रेष्ठ भनेको कुरा गर्ने मान्छे हो ।
त्यस्तै बुटवलको विकास गर्न पर्यटन प्रमुख आधार भएकाले बुटवललाई पर्यटकीय विश्रामस्थलका रुपमा विकास गरेर धेरैभन्दा धेरै बाह्य र आन्तरिक पर्यटक भित्राउनेमा मेरो अहम भूमिका रहदै आएको छ र अब अध्यक्ष भएपछि पुरा गर्छु ।

बुटवलमा रात्रीकालिन बजार स्थापना, सबैतिरबाट बुटवल आउने सहज बाटोघाटो, बुटवलमै कच्चा पदार्थ उत्पादन गर्न सक्ने उद्योगको स्थापना, बुटवलको व्यापारीको सिधै हिमालय पारीको व्यापारमा पहुँच हुन सकेमात्र बुटवललाई गुल्जार बनाउन सकिने दिनेशको चुनावी प्रतिवद्दता छ ।

दिनेशप्रसाद श्रेष्ठका चुनावी प्रतिवद्दता निम्न छन् ।

१ बुटवल शहरलाई मुलुकका अन्य क्षेत्रीय शहर एवं बजारहरुसंग प्रतिष्पर्धी बजार बनाउन पहल गर्ने ।
२ बुटवलमा सवारी साधन पार्कीङ्ग स्थलको व्यवस्था मिलाउन पैरवी गर्ने ।
३ बुटवलको राजमार्ग चौराह देखि गोलपार्क सम्मको ढल यथाशीघ्र निर्माण सम्पन्न गरी व्यावसायिक वातावरण बनाउन सरकारसंग पैरवी गर्ने । व्यवसायमैत्री वातावरण बनाउन पहल गर्ने ।
५ सिमावर्ती भारतिय बजारमा किनमेल गर्न जाने उपभोक्ताहरुमा जागरण ल्याई स्वदेशी बजारमा किनमेल गर्न प्रोत्साहन मुलक कार्यक्रम संचालन गर्ने । साथै यस सम्बन्धी सरकारी नितिलाई अझ प्रभावकारी ढङ्गले कार्यान्वयन गराउन पैरवी गर्ने ।
६ बुटवल शहर दिन प्रतिदिन विस्तार र विकास हुँदै गएको र जनघनत्व पनि बृद्धि हुँदै गएकाले शान्ति सुरक्षाको व्यवस्था थप सुदृढ बनाउन बुटवल ईलाका प्रहरी कार्यालयमा प्रहरी उपरीक्षक ९क्ए० को दरबन्दीको व्यवस्था मिलाउन पैरवी गनैँ ।
७ बुटवल उद्योग वाणिज्य संघले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी र व्यवसायी अनुकुल बनाउने ।
८ सरकारी र गैर सरकारी निकायसंग बुटवल उद्योग वाणिज्य संघको सम्बन्ध थप सुमधुर र कसिलो बनाउने ।
९ पुरानो बटौली बजार, ऐतिहासिक जितगढी र नुवाकोट गढी, मणिमुकुन्द सेन उद्यान र रामपिथेकस उद्यानको थप पर्यटकिय प्रबर्धनका लागि बुटवल उद्योग वाणिज्य संघको भुमिका अझ प्रभावकारी बनाउने ।
१० बुटवललाई पर्यटकीय स्थलका रुपमा विकास गर्न प्रभावकारी कार्यहरु अघि बढाउने ।
११ व्यवसायी र घरधनीको बिचमा समन्वयात्मक भूमिका निर्वाह गरी व्यवसायी मैत्री बनाउने ।
१२ कर, राजस्व, भन्सार समस्यालाई प्राथमिकताका साथ सम्बन्धित निकायसंग सहकार्य गरी समस्याको समाधान गर्ने ।
१३ उद्योगी तथा व्यवसायीहरु विस्थापित भएको वर्तमान अवस्थामा बैंक तथा वित्तिय संस्था साथै सम्बन्धित निकायसंग समस्याको समाधानका लागि पैरवी गर्ने ।
१४ प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रलाई स्थापित गर्न सम्बन्धित निकायसंग चाडो भन्दा चाडो पहल गर्ने ।
१५ घरबहाल कर सम्बन्धी समस्या समाधान गर्न स्पष्ट कानूनी व्यवस्था मिलाउन सरकारको ध्यानानकर्षण गराउने ।
१६ रुपन्देही जिल्ला भित्र स्थापित उद्योग वाणिज्य संघहरुसँग सहकार्य र सम्बन्ध विस्तारमा विशेष जोड दिने ।
१७ बुटवल नगरसँग जोडिने नयाँ शाखा सडकहरुको निर्माण स्तारोन्नती गर्न स्थानीय सरकारसँग ध्यानाकर्षण गराउने ।
१८ बस्तुगत क्षेत्रगतरुपमा बजार व्यवस्थापनका लागि पहल गर्ने । १९। रात्रीकालिन बजारको सुङव्यवस्था मिलाउने ।
२० कृषि क्षेत्रमा आधारित अनुदानको व्यवस्था मिलाउन पहल गर्ने । २१। मेला तथा प्रदर्शनी कार्यक्रम उद्योग व्यावसाय प्रवर्धनात्मक बनाउँनेछौं । साथै मेलालाई शिक्षाप्रद र अनुसन्धानमूलक बनाउँने ।
२२ औद्योगिक प्रबद्र्धनका लागि कच्चा पदार्थ उत्पादनमूलक उद्योग स्थापना गर्न प्रोत्साहनका लागि पैरवी गर्ने ।
२३ बुटवललाई पर्यटकीय विश्रामस्थलका रुपमा विकास गर्दै यहाँ पर्यटकको बसाई अवधि लम्ब्याउने खालका योजना सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउने ।
२४ करको दर भन्दा दायरा फराकिलो बनाउन पहल गर्ने ।
२५ सबै पक्षसंग समन्वय र सहकार्य बुटवलको विकास गर्ने ।
२६ कसैसंग पूर्वाग्राही नबन्ने ।
२७ काममा पारदर्शीता र जवाफदेही बन्ने ।
२८ सुशासन कायम गर्ने ।
२९ राजनीतिक स्वार्थ भन्दामाथि उठेर काम गर्ने ।