भारतमा अलपत्र ६ जना बालवालिकाको उद्वार हुंदै

बालवालिकालाई शैक्षिक सामाग्री वितरण

श्यामलाल पोखरेल बुटवल, साउन ४ ।  मानव कल्याण मित्र मञ्च, नेपालले अविनास आश्रमका बालवालिकालाई पाठ्य पुस्तक तथा शैक्षिक सामाग्री दिएको छ । महिला, बालवालिका र शिक्षाको क्षेत्रमा काम गर्दै आएको मञ्चले आश्रममा आश्रित आठ जना बालवालिकालाई शैक्षिक सामाग्री उपलब्ध गराएको हो ।

गैर सरकारी संस्था मित्र मञ्च नेपालले सोमबार तिलोत्तमाको शंकरनगरमा एक कार्यक्रमबीच बिद्यार्थी तथा बालवालिकालाई झोला, पाठ्य पुस्तक, कापी, कलम उपलब्ध गराएको हो । घर परिवारबाट बिहिन अविनास आश्रममा आश्रित आठ जना बालवालिकालाई उच्च शिक्षा अध्ययनका लागि आवश्यक अनुसार सहयोग गर्ने मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्यालले प्रतिवद्वता जनाएका छन् ।

मानव कल्याण मित्र मञ्च, नेपालका संरक्षक पुरुषोत्तम भट्टराइले आर्थिक अभावका कारण कूनै पनि बालवालिकालाई शिक्षाबाट बन्चित नगराउने उद्वेश्य अनुसार काम गरिएको बताए । बालवालिकाहरुको पढ्न पाउने नैसर्गिक अधिकार परा गर्ने गरी मञ्चले सबै क्षेत्रसंग समन्वय र सहकार्य गरिने संरक्षक्षक भट्टराईको भनाइ छ ।

कार्यक्रममा बोल्दै प्रवासी मित्र मञ्चका महासचिव रघुनाथ पाण्डेले भारतमा हराएर अलपत्र परेका र बेसहारा महिला, बाल बालिकालाई उद्वार गरी मानव कल्याण मित्र मञ्च, नेपाललाई जिम्मा दिने गरिएको बताए ।

उनले अहिलेसम्म थुप्रै बालवालिका र महिलाहरु उद्वार गरी नेपाल पठाइएको बताउंदै तत्काल भारतमा अलपत्र परेका ६ जना बालवालिका उद्वार गरी नेपाल पठाउन लागिएको जानकारी गराए । भारतको फिरोदाबाद २ जना र बरेलीबाट ४ जना बालवालिका उद्वार गरी नेपाल ल्याउन लागिएको बताए ।

प्रवासी मित्र मञ्चका महासचिव रघुनाथ पाण्डेका अनुसार भारतमा अलपत्र परेको अवस्थामा भेटिएका ६ जना बालवालिका मध्ये एकजना बालिका हुन्, भने अन्य पांच जना बालक हुन् ।

बांकेको कोहोल पुरका ४ जना, पूर्वी रुकुमका एक जना र बैतडीका एकजना बालकको परिचय खुलेको छ । भारतमा अलपत्र परेकाका बालवालिकाका घर परिवारसंग सम्पर्क भैसकेको बताउंदै उनले भने भारतस्थित नेपाली राजदुतावाससंक आवश्यक पक्रिया पुराएर घरपरिवारको जिम्मा लगाउने तयारी भैरहेको छ ।

मानव कल्याण मित्र मञ्च, नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालको अध्यक्षता, सचिव कविता पन्थीको सञ्चालनमा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा नेपाल अविनास आश्रमका अध्यक्ष कृष्णप्रसाद ज्ञवालीले भारतका २ जना र नेपाली ३ जना बालवालिकालाई उद्वार गरेर घर परिवारको जिम्मा लगाइएको जानकारी गराए ।

मानव कल्याण मित्र मञ्च, नेपालले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा कार्यालय स्थापना गरी महिला, बालवालिका र शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ ।