स्वास्थ्य अवस्था सुधारका लागि योग अभ्यास

श्यामलाल पोखरेल
बुटवल, जेठ २८ गते । योग अभ्यास मानिसको शारीरिक र मानसिक उर्जाका लागि अनिवार्य जस्तै भएको छ । मानसकि रुपमा तनाबमा रहेका र बिग्रदो स्वास्थ्य अवस्था सुधारका लागि योग अभ्यास आवश्यक पर्ने योग प्रशिक्षण्हरु बताउछन् ।

घरमै पनि नियमित रुपमा गर्न सकिने योग शारीरिक तथा मानसिक व्यायामको एक प्राचीन अभ्यास हो । घरमा र शिविर तथा समूहमा पनि नियमति गर्न सकिने आर्थिक रुपले सस्तो विधि हो ।

खासमा योग अभ्यास मन र शरीरको अभ्यास मानिन्छ । योगका विभिन्न शैलीले शारीरिक आसन, सास फेर्ने विधि र ध्यान वा विश्रामलाई जोडेर शरिरलाई फुर्तिलो बनाउनुका साथै शारीरिक तथा मानसिक लाभ मिल्ने योग प्रशिक्षक डा। ओमहरि भट्राई बताउछन् ।

चाल, ध्यान र सास फेर्नेजस्ता विधि समावेश हुने योगको नियमित योग अभ्यासले मानिसमा सहन सक्ने क्षमताको विकास गर्ने प्रशिक्षक ओमहरि बताउछन् । केही वर्ष यतादेखि नेपालभर योग अभ्यास ठाउंठाउंमा चलाईएको छ । योग अभ्यास नेपालमा मात्रै नभएर विश्वभर प्रख्यात बनेको छ ।

आधुनिक योग व्यायाम, बल, चपलता र सास फेर्नमा केन्द्रित हुनेसँग सम्बन्धित रहेको छ, जसले शारीरिक र मानसिक रूपमा स्वस्थ राख्छ ।
मनिसले आफ्नो लक्ष्य र फिटनेस स्तरको आधारमा योगका शैली छनोट गर्न सकिन्छ । योगका विभिन्न प्रकार र शैली छन् ।

अष्टांग योग, विक्रम योग, हठ योग, अड्ढयंगार योग, कृपालु योग, कुण्डलिनी योग, पावर योग, शिवानन्द, विनि योग, यिन योग, जन्मपूर्व योग, पुनस्र्थापना योगजस्ता योगका प्रकार तथा शैली छन् ।

योग अभ्यास शुरु गर्दा मार्ग आसन, त्यसपछि प्राणायाम र त्यसपछि ध्यान सुरु गर्नुपर्छ । शान्त, सफा ठाउँ, योगका लागि सबैभन्दा उपयुक्त वातावरण हुन्छ । सबै योग सत्रमा १५ मिनेट व्यायाम गरिन्छ, भने १५ मिनेट श्वास व्यायाम र ध्यान गरिन्छ । इो योग अभ्यासको नियम हो ।

योग गुरु तथा प्रशिक्षकहरुका अनुसार योग अभ्यास गर्नुभन्दा १५ मिनेटअघि एक गिलास पानी पिउन सकिन्छ । नाकबाट नै श्वास फेर्नुहोस्, श्वास लिने र छोड्ने दुवै काम नाकबाटै गर्नुपर्छ । योग अभ्यास गर्दा कुनैपनि खालको तनाव लिनुहुँदैन । प्रत्येक आसनको बीचमा केही बेर आराम गर्दै गर्नुपर्छ ।

‘योग’ शब्दको पहिलो उल्लेख ऋग्वेदमा देखिन्छ । योग संस्कृत शब्द ‘युज’बाट आएको ईतिहांस भेटिन्छ । योग करिब पाँच हजार वर्ष पहिलेबाट विकास हुँदै आएको पाइन्छ । सन् १८९० को दशकतिर पश्चिमा मुलुकहरूमा योग अभ्यास चलेको देखिन्छ ।

सामान्यतया योगलाई ६ वटा शाखामा विभाजन गरेर व्याख्या गर्न सकिने योग सन् १९७० को दशकमा पश्चिमी देशहरुबाट लोकप्रिय बन्दे गएको जानकारहरु बताउछन् ।

केही वर्ष यतादेखि रुपन्देहीमा धेरै मानिस योग अभ्यासमा लागेका छन् । रुपन्देहीको तिलोत्तमा मात्रै ५० ठाउं भन्दा बढी ठाउंमा योग अभ्यास सञ्चालन भैरहेको योग प्रशिक्षकहरुले बताएका छन् । तिलोत्तमा वडा नम्बर २ को वाटरपार्कसहित वडामा झण्डै १० स्थानमा योग अभ्यास सञ्चालन भैरहेका छन् ।