कांग्रेस रुपन्देही २ को सभापतिमा प्रजापाल र सहसचिवमा संगीता बिजयी

बुटवल, असोज २८ गते । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं.२ को सभापतिमा प्रजापाल गिरी र सहसचिवमा संगीता गौतम अर्याल बिजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनबाट सभापतिमा गिरी र सहसचिवमा अर्याल विजयी भएकी हुन् ।

सभापति पदमा गिरीले ३४६ मत प्राप्त गरी विजयी हुनुभएको हो भने, उहांका प्रतिस्पर्धी परशुराम ढकालले २४५ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले बताएको छ ।

सहसचिवमा २९७ मतसहित संगीता गौतम अर्याल बिजयी भइन, भने उनका प्रतिस्पर्धी विष्णु प्रसाद चापागाईले २८९ मत प्राप्त गरेर उपविजेता भए ।
क्षेत्रीय सभापति हरि लम्सालले पार्टीबाट राजीनामा दिएपछि सभापति पद रिक्त भएपछि निर्वाचन भएको हो । त्यस्तै सहसचिव राजबहादुर क्षेत्रीले पार्टी परित्याग गरेपछि सहसचिव पद पनि रिक्त रहेपछि निर्वाचन भएको हो ।

प्रजापाल गिरी कांगे्रसको १४ औं महाधिवेशनबाट क्षेत्रीय सचिव पदमा निर्वाचित भएका थिए ।