रुपन्देही उधोग संघमा एमाले र कांग्रेस प्यानल विजयी

बुटवल, असोज ३० । रुपन्देही उधोग संघको २३ औं अधिवेशनबाट दिलिप सापकोटाले नेतृत्व गरेको संयुक्त प्यानल विजयी भएको छ । एमाले र कांगे्रस निकट उदागीहरुको प्यानल सोमबार भएको मतदान प्रक्रियाबाट निर्वाचित भएको हो ।

संघको सोमबार सम्पन्न निर्वाचनमा संयुक्त प्यानलबाट द्वितीय उपाध्यक्षमा हरिबहादुर खत्री निर्वाचित विएका छन् । सोमबार राती सम्पन्न अन्तिम मत परिणाम अनुसार उनले ४०१ मत प्राप्त गरी विजयी भए, भने उनका प्रत्यासी मायां खनालले २८६ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्ष पदमा युवराज आचार्यले ३७८ मत प्राप्त गरी विजयी हुंदा उनका प्रतिस्पर्धी सुरेन्द्र ज्ञवालीले ३१० मत प्राप्त गरी उपविजेता भए । सचिवमा सुमन बस्यालले ३९६ मत प्राप्त गरी विजयी हुंदा उनका प्रतिस्पर्धी कमल ज्ञवालीले २९१ मत प्राप्त गरी उपविजेता भए । त्यस्तै सह कोषध्यक्ष पदमा विशाल बेलबासेले ४२५ मत प्राप्त गरी विजयी हुंदा प्रेमबहादुर आलेले २६८ मत प्राप्त गरी उपविजेता बने ।

महिला सदस्यमा मिना थापा तुलाधरले ४८९ र सारदा भट्टराईले ४५७ मत प्राप्त गरी विजयी हुंदा सारदा पहारीले २६२ मत मात्रै प्राप्त गरिन् । सदस्यहरुमा कृष्णप्रसाद पोखरेल, नारायणप्रसाद खनाल, मोहनीलाल रिजाल, बलबहादुर गोदार, अखिलेस गुप्ता, ई किरण खरेल, चक्रपाणी तिवारी र अशोक कुंवर विजयी भएका छन् ।

यस अघि नै अध्यक्षमा दिलिप सापकोटा, वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ, प्रथम उपाध्यक्षमा जिवकान्त काफ्ले, महासचिवमा हिरामणी भट्टराई र महिला सचिवमा मञ्जु भुसाल निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै एशोसिएट सदस्य प्रज्ज्वल थान्जु, उमाशंकर मालपानी, आजीवन सदस्य माधवप्रसाद नेपाल, संस्थागत सदस्य गोविन्दप्रसाद भुसाल निर्विरोध निर्वाचित भएका हुन् ।

बुटवल औधोगिक क्षेत्र खुल्ला सदस्यमा लालप्रसाद बस्याल पनि निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै बुटवल उपमहानगरपालिका तर्फको सदस्यमा लालहरि पाण्डेय, तिलोत्तमा नगरपालिका सदस्य रमेशप्रसाद आचार्य, सैनामैना नगरपालिका सदस्य नारायणप्रसाद ज्ञवाली र शुद्वोधन गाउंपालिका सदस्यमा टंकनारायण आचार्य निर्विरोध निर्वाचित भएका थिए ।