बेमौसमी वर्षाले धानमा क्षती

बुटवल, असोज ३० गते । बेमौसमी वर्षाले काट्ने अवस्थाको धानवालीमा क्षती पुराएको छ । सोमबार राती हावाहरीसहितको बेमौसमी वर्षाले धानवालीमा क्षती पुराएको हो । वर्षाले रुपन्देहीसहित बांके, बर्दिया, दाङ, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा धान खेतीमा क्षति पुगेको छ ।
कतिपय किसानले काटेर सुकाएको धान खेतमै पानीले डुबाईदिएको छ ।

किसानको खेतमा भित्राउन तयार रहेको धान पानीसहितको हावाहुरीले ढलेको छ । लुम्बिनी प्रदेशका तराईका सबैजसो जिल्लामा बेमौसमी वर्षाले धानमा क्षती पु¥याएको छ । धानबाली स्याहारेर दशैं तिहारजस्ता चाडपर्व मनाउने योजना बनाएका किसानहरु वर्षभरी खाने धान खेतीमा क्षती भएपछि चिन्तित भएका छन् ।

हावाहुरीसहितको वर्षाले पाकेको धानबालीमा क्षेती पु¥ाएको कृषि ज्ञान केन्द्र रुपन्देहीले जनाएको छ । केन्द्रका प्रमुख शिवप्रसाद अर्यालका अनुसार सोमबारको वर्षाले छिटो पाकेको र ढिलो पाक्ने दुबै बालीलाई क्षती पु¥याएको छ । पाकेको र बालामा दाना पोटाउँदै गरेको दुबै धानलाई हावाहुरी सहितको वर्षाले सोत्तर पारिदिएको किसानहरुले गुनासो गरेका छन् । ज्ञानकेन्द्रका प्रमुख अर्यालले हावाहुरी र वर्षाले धानमा पु¥याएको क्षतीको एकिन विवरण आईनपुगेपनि काट्ने तयारीमा रहेको धेरै धानमा क्ष्ँति पु¥याएको बताए ।

 

कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनीका प्रवक्ता अनिल मरासिनीले काटेको धानमा धेरै क्षति भएको क्षतीको विवरण एकीन नभएको बताए । सबै जिल्लाबाट रिर्पोट आएपछि क्षतीको विवरण भन्न सकिने उनले बताए ।