बुटवलको जीतगढीमा सराय नांच

बुटवल, कार्तिक १० गते । पहाडी क्षेत्रमा खेलिने प्रख्यात सराय नांच शुक्रबार बुटवलमा प्रदर्शन गरिएको छ । लोपउन्मुख अवस्था रहेको सराय नांच पछिल्ला वर्षहरुमा बुटवलमा पनि देखाउन थालिएको छ । पहाडी जिल्लामा हुर्किएकाहरुले परम्परा जोगाउने उद्देश्यले केही वर्ष अघिदेखि बुटवलमा सराय नांच देखाउन थालेका हुन् ।

नयां पुस्तालाई हस्तान्त्रण गरी संरक्षण गर्ने उद्वेश्यले जीतगढी सराय व्यवस्थापन समिति बुटवलको आयोजनामा शुक्रबार जीतगढीमा सराय नांच प्रदर्शन गरिएको छ । लौरा,खुकुरी, खुडा र बाजागाजासहित सराय नांच देखाइएको थियो । संस्कार र संस्कृतिसंग जोडिएको सराय नांच संरक्षण गर्नका लागि सराय नांच खेलिएको जीतगढी सराय व्यवस्थापन समिति बुटवलका अध्यक्ष खिमबहादुर थापाले बताए ।

प्राचिन किवदन्तीका अनुसार भगवान रामले रावण लगायतका राक्षसलाई बध गरी मानव जातीको कल्याण गरेको खुशीयालीमा दुर्गाभवानीको पुजाआजा गदैं उत्सवका रुपमा सराय नाच नाच्ने प्रचलन रहेको छ । रुपन्देही, गुल्मी, अर्घाखा“ची, प्यूठान, रोल्पा, पाल्पा, कपिलवस्तु लगायतका जिल्लामा विजया दशमीका दिनदेखी पूर्णीमासम्म सराय नांच नाच्ने चलन छ ।

भगवान रामले तेत्रा युगमा रावण लगायतका राक्षसको बधगरी मानव जातीलाई मुक्ति दिलाएको खुसियालीमा असत्यमाथि सत्यको विजय प्रतिकका रुपमा नवदुर्गा भवानीको पुजाआजा गदैं हिन्दु धर्मावलम्वीले दशमीदेखी पूर्णीमासम्म उत्सवका रुपमा सराय नाच नाच्ने प्रचलन छ । नयां पुस्तालाई सराय नांच हस्तान्त्रण गर्ने उद्वेश्यले बुटवलमा सराय नांच देखाउन थालिएको छ ।

विशेष गरी पहाडी जिल्लामा खेलिने सराय नांच पछिल्ला वर्षहरुमा हराउदै जांन थालेपछि नयां पुस्तालाई हाम्रो संस्कार र संस्कृतिसंग जोडिएको सराय नांच चिनाउनुका साथै पुस्ता हस्तानत्रण गर्ने उद्वेश्यले बुटवलमा देखाईएको र यसलाई निरन्तरता दिइने जीतगढी सराय व्यवस्थापन समिति बुटवलका सचिव पिताम्बर भण्डारी र कोषाध्यक्ष महेशप्रसाद पोखरेलले बताए ।