पहाडी क्षेत्रमा जस्तै बुटवलमा सराय नांच

बुटवल, कार्तिक ११ गते । बुटवलको देवीनगरमा सराय नांच प्रदर्शन गरिएको छ । कोजाग्रत पूर्णिमा अर्थात बडादशैंको अन्तिम दिन शनिबार दीवनगरमा सराय नांच प्रदर्शन गरिएको हो । श्रीनवदुर्गा मन्दिर व्यवस्थापन समितिले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि सराय नांच निकालेको हो ।

पहाडी क्षेत्रमा खेलिने लोपउन्मुख अवस्था रहेको सराय नांच पछिल्ला वर्षहरुमा बुटवलको देवीनगरमा देखाउने गरिएको छ ।परम्परादेखिको संस्कार र संस्कृतिसंग जोडिएको सराय नांच संरक्षण गर्ने उद्वेश्यले सराय नांच देखाईएको श्रीनवदुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुवंरले बताए ।

देवीनगरमा लौरा, खुकुरी, खुडा र बाजागाजासहित सराय नांच देखाइएको थियो । प्राचिन किवदन्तीका अनुसार भगवान रामले रावण लगायतका राक्षसलाई बध गरी मानव जातीको कल्याण गरेको खुशीयालीमा दुर्गाभवानीको पुजाआजा गदैं उत्सवका रुपमा सराय नाच नाच्ने प्रचलन रहेको छ । रुपन्देही, गुल्मी, अर्घाखा“ची, प्यूठान, रोल्पा, पाल्पा, कपिलवस्तु लगायतका जिल्लामा विजया दशमीका दिनदेखी पूर्णीमासम्म सराय नांच नाच्ने चलन छ ।

भगवान रामले तेत्रा युगमा रावण लगायतका राक्षसको बधगरी मानव जातीलाई मुक्ति दिलाएको खुसियालीमा असत्य माथि सत्यको विजय प्रतिकका रुपमा नवदुर्गा भवानीको पुजाआजा गदैं हिन्दु धर्मावलम्वीले दशमीदेखी पूर्णीमासम्म उत्सवका रुपमा सराय नाच नाच्ने प्रचलन छ ।