नेपालमा छुवाछुत कायमै – प्रदेश प्रमुख

बुटवल, कार्तिक १९ गते । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेपालमा जातीय छुवाछुत कायमै रहेको बताएका छन् । सामन्ती सोंच र संस्कार कायम रहंदा जातीय छुवाछुछ पनि कायमै रहेको प्रदेश प्रमुख शेरचनको तर्क छ ।

संविधानले जातीय छुवाछुतको अन्त्य गरेपनि संविधान अनुसार छुवाछुत अन्त्य नभएको प्रदेश प्रमुख शेरचनले बताउंदै भने – संविधानले छुवाछुतको अन्त्य गरेपनि समाजमा छुवाछुत प्रथा अझै छ ।
राष्ट्रिय दलित आयोगले तयार पारेको तेस्रो वार्षिक प्रतिदेवन आइतबार बुझ्दै प्रदेश प्रमुख शेरचनले सामन्ती सोंचमा अझै परिवर्तन आउन नसकेकाले जातजातमा विभेद रहेको बताए ।

उनले सभ्यता युगदेखि सुरु भएको जातीय छुवाछुत अझैसम्म कायम रहेको उल्लेख गर्दै अझैपनि मानिसमा चेतनाको अभाव रहेको बताए ।
संविधान पालना गरेर जातीय छुवाछुत हटाउनु पर्ने बताउंदै उहांले छुवाछुत देख्दा र सुन्दा लाज लाग्ने गरेको बताए । प्रदेश प्रमुख शेरचनले पहाडमा भन्दा छुवाछुतको दर्दनाक अवस्था मधेशमा रहेको बताउंदै दलित भित्रपनि छुवाछुत रहेको बताउंदै उनले भने चुच्चे नाकेहरुले बनाएको छुवाछुतको प्रथा अझै अन्त्य हुन सकेन ।

उनले उत्पादन बढाएर निर्यात गरेर विदेशी मुद्रा नेपाल नभित्राउंदासम्म मुलुकको अर्थतन्त्र बलियो हुदैन भने ।
भुकम्पबाट मृत्यु भएकालाई श्रदाञ्जली र घाइतेप्रति स्वास्थ्य लाभको कामना गरका छन् प्रदेश प्रमुख अमिक शेरचनले ।
धर्मा अर्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।