डाक्टरहरुको बदनाम गरिएको चिकित्सक संघको दावी

बुटवल, कार्तिक २२ गते । भैरहवाको युनिभर्सल मेडिकल कलेजमा अप्रेशनपछि मृत्यु भएकी सावीत्रा खनालको विषयमा डाक्टहरुको बदनाम भन्दै नेपाल चिकित्सक संघ लुम्बिनी शाखाले आपत्ती जनाएको छ ।

नेपाल चिकित्सक संघ लुम्बिनी शाखाका अध्यक्ष डाक्टर इन्द्र ढकाल र महासचिव डाक्टर सन्तोष पोखरेलले बुधबार संयुक्त रुपमा विज्ञप्ती जारी गरी विभिन्न सामाजिक सञ्जाल र पत्र पत्रिकाहरुमा डाक्टरहरुको बदनाम गराउने काम भएको बताएका छन् ।

विना प्रमाण लापरवाहीको संज्ञा दिने र उपचारमा संलग्न डाक्टर र डाक्टरहरुको परिवारलाई धम्की दिने जस्ता घटनाप्रति चिकित्सक संघ लुम्बिनी शाखाको ध्यानाकर्ष भएको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बच्चा जन्माउने अप्रेशन पश्चात विभिन्न समस्या आएर सावित्रा खनालको मृत्यु भएपछि डाक्टरहरुको बदनाम गराउने काम भएको भन्दै चिकित्सक संघ लुम्बिनी शाखाले आपत्ती जनाएको छ । उपचारमा चित्र नबुझे कानुनी बटोको व्यवस्था हुंदा हुंदै डाक्टरहरुको बदनाम गराउने संस्कारको विकास हुनु ज्यादै निन्दनीय भएकोसमेत विज्ञप्तमिा उल्लेख छ ।

नेपाल चिकित्सक संघ लुम्बिनी शाखा अध्यक्ष डाक्टर इन्द्र ढकाल र महासचिव डाक्टर सन्तोष पोखरेलले सदस्यहरुको हक हित र सुरक्षाका लागि नेपाल चिकित्सक संघले कानुनी बाटो अवलम्ब गर्ने चेतावनी दिएका छन् ।