मानव कल्याण मित्र मञ्चद्दारा भूकम्प पीडितलाई आर्थिक सहयोग

बुटवल, कार्तिक २५ गते ।मानव कल्याण मित्र मञ्च, नेपाल तिलोत्तमाले भूकम्प पीडितलाई आर्थिक सहयोग गरेको छ । भूकम्प प्रभावि क्षेत्रका भूकम्प पीडितहरुलाई मानव कल्या मित्र मञ्च नेपालले राहत स्वरुप आर्थिक सहयोग गरेको हो ।

जाजरकोट र पश्चिम रुकुमका भूकम्प पींडितका लागि ३१ हजार आर्थिक सहयोग गरिएको मानव कल्या मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले जानकारी गराए ।
यही कार्तिक १७ गते शुक्रबार राती जाजरकोटको बारेकोट गाउंपालिका केन्द्र बिन्दु भएर भुकम्प गएको थियो ।

 

भूकम्पबाट ज्यान गुमाएका परिवार, घाइतेहरुका लागि राहत स्वरुप रुपन्देही प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत राहत कोषमा जम्मा हुने गरी मञ्चले ३१ हजार चेक हस्तान्त्रण गरेको हो ।
दैवीय प्रकोप उद्दार कोषमा जम्मा हुने गरी राहत स्वरुप ३१ हजार सहयोग गरिएको मान कल्या मित्र मञ्च नेपालका मञ्चका कोषाध्यक्ष शालिकराम गौतमले जानकारी गराए ।