दुःख पर्दा नबोल्ने सरकार चाहिदैन – चन्द्र भण्डारी

बुटवल, मंसिर १ गते । नेपाली  कांगे्सका केन्द्रिय सदस्य चन्द्र भण्डारीले दुःख पर्दा सरकार बोल्न नसकेको बताएका छन् । देश र जनतालाइृ दुःख पर्दा नबोल्ने सरकार आवश्यक नभएको बताए ।

रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा शुक्रबारदेखि शुरु भउको व्यापार मेला उद्घाटन कार्यक्रममा बोल्दै दुः पर्दा बोलन नसकेको भन्दै सरकारको आलोचना गरे ।

सत्ता साझेदारी दलका जिम्मेवार नेता भण्डारीले सरकारकै कारण संविधान कार्यान्वयन हुन नसकेको संकेत गरे । निकै दुःखले ल्याएको संविधान कार्यान्वयन हुन नसकेको बताए । जनताको पहुंमा सरकार पुराउन बनाएको संयन्त्रले ध्यान पुराउन नसक्दा संविधान कार्यान्वयनमा समस्या आएको बताए ।

राष्ट्रिय कोष र करले अहिलेको अवस्था धान्न नसकेको बताउदै अहिलेको अवस्थाले कर्मचारी तन्त्र, सुरक्षा निकाय, तीन तहका जनप्रतिनिधिलाई तलब खुवाउन नसक्ने अवस्था रहेको उनको भनाइ छ । देशको यही अवस्थाका कारणले नेपाली बिदेशिनेक्रम बढेको बताउंदै यसलाइ रोक्न आवश्यक रहेकोमा जोड दिए ।

नेपालका नेता खराब नभएपनि नेताका वरिपरी कस्ता मान्छे छन् भन्ने कुरा महत्वपूर्ण हुने भएकाले त्यसतर्फ ध्यान दिन जरुरी छ भने । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि व्यापार मेला शुरु भएको हो । उक्त मेला मंसिर १२ गतेसम्म चल्ने छ ।