माछाको संख्या बढाउन दानव नदीमा भुरा छोडियो

बुटवलल, मंसिर ६ गते । रुपन्देहीको दानव नदीमा ५० हजार माछाका भुरा छोडिएको छ । विश्व मत्स्य दिवस मनाउंदै जैविक बिविधताको संरक्षणगर्ने उद्देश्यले दानव नदीमा ५० हजार माछा छोडएको हो ।

वातावरणीय सन्तुलन कायम राख्ने प्रमुख उद्देश्यले विश्व मत्स्यदिवसको अवसरमा माछापालक किसान, माछासँग सम्बन्धित सरकारी तथा गैरसरकारी कार्यालयहरुले हरेक वर्ष माछाका भुरा खोलामा छोड्दै आएका छन् ।

रुपन्देहीका अधिकांस खोलानालामा जथाभावी रासायनिक र प्लाष्टिकजन्य फोहोर मिसाइएको छ । यसले जलाशयहरुमा जलीयजीव र जलचरको संख्याकम भैरहेको छ ।
लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले माछाका भुरा खोलामा छोडेर कार्यक्रमको शुभारम्भ गरेका हुन् । खोलाहरुलाई दुषितहुनबाट रोक्नबा लागि प्रदेश सरकारले वातावरण सम्बन्धि कार्यविधि बनाउने मन्त्री भण्डारीलाल अहिरले प्रतिवद्दता जनाएका छन् ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख डाक्टर प्रबेशसिंह कुँवरले जलीयजीव र जलचरको जीवनचक्रमा समस्या निम्त्याएको बताए ।

 

बाढी, पहिरो र अत्याधिक दोहनले खोलामा पानीको स्रोत घटिरहेको छ । यसले जलचर र जलीय जीवको संंख्या क्रमिक रुपमा असर गरिरहेको छ । घरघरबाट र कलकारखानाबाट निस्किने रासायनिक र प्लाष्टिकजन्य फोहोर सिधै खोलामा फालिंदा जलचरका लागि ठूलो असर परेको छ ।

फोहोर माछा तथा अन्यजलचरले खाएर पानीमा शुद्धता कायम राख्छन् । पानीमा जीवजन्तुको कमी भएमा गुणस्तरमा असर पर्दछ ।
रुपन्देहीमा सयौ जनाको परिवारले माछामारेर जीविका चलाउंदै आएका छन् । माछाको संख्याकम हुँदै गएकाले खोलामा पाइने जलचरबाट आश्रित समुदायको आम्दानीको स्रोत गुम्ने खतरा बढेको छ ।

जैविक बिविधताको संरक्षका लािग मानिस सचेत हुनआवश्यक छ र जैविक बिधितता संरक्षणमा सबैले आफ्नो कर्तव्य पुरा गर्नुको अर्को विकल्प नभएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी तथा पशु चिकित्सक लोकराज भुसालले बताए ।