राहत र सेवा सुविधाबाट किसान बन्चित, किसानमैत्री कृषि नीतिको माग


बुटवल, मंसिर ६ गते । कृषिमा सम्भावना भएपनि किसानमैत्री कृषि नीति नहुंदा कृषि क्षेत्र फस्टाउन नसकेको सरोकारवालाले बताएका छन् ।कृषिबाट देशलाई आत्मनिर्भर बनाउन लक्षित वर्गलाई सम्बोधन गर्ने गरी सरकारले कार्यक्रम ल्याउनु पर्ने किसानहरुको माग छ ।

तिलोत्तमा उद्योग वाणिज्य संघले रुपन्देहीको मणिग्राममा सञ्चालित व्यापार मेला सचिवालयमा बुधबार कृषि क्षेत्रको सम्भावना र समस्या विषयक गोष्ठीमा बोल्ने सहभागीले कृषिमा बिचौलियाहरु हाबी भएको बताए । कृषिबाटै जीविका निर्वाह गर्दै आएका र कृषि सामाग्री उत्पादन गर्ने साना किसानहरुले सरकारले दिने राहत र सेवा सुविधाबाट बन्चित रहेको उनीहरुले बताए ।
ससमयमा बिउ, मल, सिंचाई र बजारीकरणको उचित व्यवस्था गरी खुल्ला सीमानबाट आउने भारतीय कृषि उत्पादनको आयत रोक्नु पर्ने बताए । कृषिका लागि समग्र रुपन्देही र अझ बढी तिलोत्तमा सम्भावित क्षेत्र भएकाले माटो परिक्षणको सुविधा उपलब्ध गराई रासायनिक मल प्रयोग नगर्ने बातावरण मिलाइ दिन तीनै तहका सरकारसंग माग गरेका छन् ।

सोही कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र रुपन्देहीका बाली संरक्षण अधिकृत राजेन्द्र यादवले किासनका लागि कृषि कार्यक्रम भएपनि कार्यविधि नभएकाले काम गर्न समस्या भएको बताए । वास्तविक किसानहरुले अनुदान पाउन नसकेको बताउंदै टाठाबाठाले मात्रै अनुदान पाउंदा वास्तविक किसानहरु अन्यायमा परेको बताए ।
कृषिमा सम्भावना प्रसस्तै भएको उल्लेख गर्दै लामो समयसम्म रासायानिक मलको प्रयोगले माटो बिग्रिएकाले उत्पादन ह्रास हुंदै गएको बताउंदै उनले भने – माटो परिक्षण गरेर खती गर्नुपर्छ ।
उनले युवा शक्ति विदेश पलायन, जग्गा खण्ीडकरण, जलवायु परिवर्तन हुंदा सिंचाई, मल, बिउ, बजारीकरणको अभावका साथै रासायनिक मलले माटो बिग्रिएकाले कृषि उत्पादनमा समस्या रहेको बताए ।
तिलोत्तमा नगरपालिकाका कृषि शाखा प्रमुख दोमलाल भुसालले कृषि उत्पादन बढाउने गरी किसानका लागि कृषि कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन गरिएको दावी गरे ।
कृषि सञ्जाल तिलोत्तमाका अधयक्ष कृष्ण पन्थीले कृषि उत्पादनको जिम्मा सरकारले लिनु पर्ने बताउंदै कृषिमा अनुदान नचाहिने बताए ।
कार्यक्रममा तिलोत्तमा उद्योग वाणिज्य संघका महासचिव राजकुमार पाण्डेय, किसान यज्ञमूर्ती खनाल, विना न्यौपानेलगायतले बोल्नु भएको थियो । तिलोत्तमा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुरज पंगेनीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










