करदाता सम्मान, पेट्रोलियम व्यवसायी गैरे सम्मानित

बुटवल, मंसिर ८ गते । धेरै आयकर र मूल्य अभिबृद्धि कर बुझाउने करदातालाई सम्मान गरिएको छ । राष्ट्रिय कर सप्ताह समापनको अवसरमा करदातालाई सम्मान गरेको हो । अघिल्लो आर्थिक वर्षमा बढी आयकर तिरेवापत बुटवलका पेट्रोलियम व्यवसायी हिमाल गैर सम्मानित भएका छन् ।

पेट्रोलियम डिलर्स एशोसिएसन रुपन्देहीका अध्यक्ष हिमाल गैरेलाई करदाता सेवा कार्यालय पश्चिम नवलपरासीले सम्मान गरेको हो । मनोज गैरे, गैरे पेट्रोलियम प्रतिष्ठानलाई करदाता सेवा कार्यालय पश्चिम नवलपरासीले एक कार्यक्रमको आयोजना गरी सम्मान पत्रले सम्मान गरेको हो ।

त्यस्तै करदाता सेवा कार्यालय तानसेन पाल्पाले तानेसन ट्रेड कन्सन पनि सम्मानित भएको छ ।

पेट्रोलियम डिलर्स एशोसिएसन पाल्पाका दितिय उपाध्यक्ष तथा पेट्रोलियम व्यवसायी गोपालप्रसाद बस्यालले तानेसन ट्रेड कन्सन सञ्चालन गरेका हुन् ।