सहयोगी टोल विकासको साधारण सभा, जेष्ठ नागरिक सम्मानित

बुटवल, मंसिर ९ गते । सहयोगी टोल विकास सस्था बुटवल ११ कालिकानगरको दोस्रो साधारणसभा भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले नगरको बिकासमा टोल विकास सस्थाको भूमिका महत्वपूर्ण रहेको बताए । बुटवल उपमहानगले टोललाई बढी महत्व दिने गरेको बताउदै टोल मार्फत र जनसहभागितामूलक कामलाई समर्थन गर्ने पालिका मध्ये बुटवल एक नम्बर रहेको मेयर पाण्डेयको दावी छ । टोलका विभिन्न कार्यलाई समितिले सन्तुलनमा राख्नुपर्ने बताए ।

बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य एवं बुटवल ११ वडा सदस्य हेमा थामीले टोल विकास सस्थाले स्थापनाको छोटो समयमा सामाजिक उत्तरदायित्व अन्तरगतका विभिन्न कामहरु गरेको बताइन । टोल विकास सबल हुदा समग्र नगर नै सबल हुने भएकाले क्रियासिल हुन आग्रह गरिन ।

कार्यक्रम सस्थाका अध्यक्ष जानुका अर्यालल, सचिव सुधा न्यौपाने, सल्लाहकार कृष्ण प्रसाद न्यौपाने, जेष्ठ नागरिक मञ्चका सचिव रामचन्द्र तिवारी, शान्ति टोलको उपाध्यक्ष राधा भणडारी, पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराई, सस्थाका सल्लाहकार थानेश्वर पौडेल,गोमा पाण्डे, डा. नारायण बेल्बासे लगायतले बोल्दै टोल विकास संस्थाहरुलाई विकास निर्माण जोडी थप प्रभाकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

सोही अवसरमा ससमाजका जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । जेष्ठ नागरिकलाई बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।