स्व. अस्मिता गिरीको स्मृतिमा अक्षयकोष स्थापना

प्यूठान, मंसिर १० गते । २८ औ राष्ट्रिय बाल साहित्य सम्मेलनको अवसरमा जनता माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि अक्षयकोष स्थापना गरिएको छ ।

सोही विद्यालयको उच्चतम कक्षामा अध्ययनरत बाबुआमा बिहिन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले प्युठान नगरपालिका वडा न ८ बस्ने साहित्यीक तथा शैक्षिक ब्यक्तित्व ध्रुव गिरीले आफ्नी छोरी स्व अस्मिता गिरीको स्मृतिमा ५० हजारको अक्षयकोष स्थापना गरेका हुन् ।

शिक्षक गिरीले आफ्नी छोरी अस्मिता स्मृति अक्षयकोष स्थापना गर्न बिधालयका प्रध्यानध्यापक इन्द्रमणी पोखरेल र विद्दालय व्यवस्थापन समितिका अध्यक्ष रेखा बसेललाई संयुक्त रुपमा ५० हजारको रकमको चेक हस्तान्तरण गरेका छन् ।

शिक्षक ध्रुव गिरीकी छोरी यही २०८० कार्तिक ६ गते असमायीक निधन भएको थियो । स्व. अस्मिता गिरीले ललितुपुरको मदन स्मारक माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन ।
एक्कासी विरामी भएर उनको असमायिक निध भएको थियो ।