राजनीतिक ऐजन्डा ओझेलमा – घनश्याम भुसाल

बुटवल, मंसिर १४ गते । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राजनीतिक ऐजन्डा ओझेलमा परेको बताएका छन् । लोकतन्त्रमा राजनीतिक दलहरु ऐजेन्डामा हिड्नुपर्ने हो, तर राजनीतिक एजेण्डामा दलहरु नहिड नसकेको बताए ।राजनीतिक दलहरु एजेण्डामा नड्दिा प्रतिगामी शक्तिको चलखेल बढेको बताए ।

बुधबार बुटवलका पार्टीका अगुवा नेता कार्यकर्तासँगको भेटघाट कार्यक्रममा नेता भुसालले राजनैतिक संकट गहिरिदै गएको बताउंदै राजनीतिक दलहरु सचेत नभए मुलुक समस्यामा पर्न सक्ने उनको तर्क छ ।

संविधान निर्माण भएपछि २०७४ को निर्वाचनपछि बनेको केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय पूँजीको विकास, कृषि उत्पादनको प्रवद्र्धन गर्ने गरी कार्यक्रम ल्याउन नसक्नु र संसद विघटन गर्नुले मुलुकमा राजनैतिक संकट बढ्दै गएको दावी गरे ।

‘नेकपा बन्दा जनताको पक्षमा काम गर्नुपर्ने थियो, त्यतिखेर नेतृत्वले गरेन, बरु संसद विघटन गरेर जनताको मुद्धा छोड्ने र राजनीति विग्राने काम भएको नेता भुसालको तर्क छ ।

व्यवसायी दुर्गा प्रसाईँ जस्ता व्यक्तिले हल्ला मच्चाउने अवस्था सृजना हुनुका कारण राजनैतिक दलहरुले ऐजेन्डा छोड्नु हो भने ।

अब मुलुकलाई अगाडि बढाउन एकीकृत समाजवादी पार्टीले अघि सारेको राष्ट्रिय पूंजीको विकास गर्दै रोजगारी सृजना गरी सुशासन र समृद्धितर्फ जानुपर्ने बताउंदै उनले भने – नेपालको कृषि उत्पादन प्रणालीलाई टेकेर उत्पादन बढाएर मात्रै राष्ट्रिय पूँजीको विकास गर्नुपर्छ ।