राष्ट्रिय पूंजीको विकास आवश्यक –ः प्रदेश प्रमुख

बुटवल, मंसिर १५ गते । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रिय पंूजीको विकास गर्नुपर्ने बताएका छन् । राष्ट्रिय पूंजीको विकास हुन नसकेको चिन्ता गर्दै प्रदेश प्रमुख शेरचनले मुलुकलाई आर्थिक रुपमा बलियो बनाउन राष्ट्रिय पूंजीको विकास गर्नुपर्ने बताए ।

 

उनले राष्ट्रिय पंूजीपतिको संरक्षण गर्नुपर्ने बताउंदै भने – सवल अर्थतन्त्र निर्माण गर्नुपर्छ र त्यसका लागि राष्ट्रिय उद्योगको खांचो पर्छ । नेपाल जलश्रोत, बनजंगल र खानीको धनी भएको उल्लेख गर्दै उत्पादनलाई बढाएर निर्यात गर्नु पर्नेमा जोड दिए ।

शुक्रबार प्रदेश प्रमुखकै कार्यलयमा आदिवासी जनजाती आयोगले तयार पारेको वार्षिक प्रतिवेदन बुझ्दै उनले विश्वकै आदिवासीलाई पछाडी पारिएको बताए । आदिवासी आफै पछाडी नपरेको बताउंदै सदियौदेखि भूमिपुत्र आदिवासीलाई पछाडी पारिएको दावी गरेका छन् ।

 

उनले यस अघिको संविधानबाटै आदिवासी जनजातीलाई पछाडी पारिएको बताउंदै आदिवासी आयोगलाई चनाखो भएर जनजागरण जगाउन सुझाव दिए । आदिवासी समूदायलाई अगाडी बढाउन तीनै तहका सरकारले आवश्यक नीति नियम बनाउनु पर्ने र त्यसका लागि आदिवासी जनजाती आयोगले काम गर्नुपर्ने प्रदेश प्रमुख शेरचनको भनाइ छ । बुद्ध जन्मेको देशलाई शान्ति पे्रम देशको रुपमा नेपाललाई अडागी बढाउनु पर्ने प्रदेश प्रमुख शेरचनले बताए ।

आयोगको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाउंदै आदिवासी जनजाती आयोगका सदस्य डा. मिनबहादुर श्रीषले संविधानले आदिवासी जनजातीको हक अधिकार संरक्षण, सम्बद्र्वन र प्रवद्र्वनका लागि आयोगले व्यवस्था गरेको बताए ।