राजमो घोराही दाङमा भैलाको समिक्षा, करिव साढे २ लाख संकलन

दाङ, मंसिर १५ गते । राष्ट्रिय जनमोर्चा घोराही नगर समितिद्दारा तिहारमा खेलीएको भैलाको समिक्षा गरिएको छ । शुक्रबार राजमो जिल्ला सम्पर्क कार्यालय घोराहीमा एक कार्यक्रम गरी यष वर्षको तिहारमा खेलिएको भैलो कार्यक्रमबारे समिक्षा भएको हो ।

भैलो परिचालन समितिका सयोजक हरि खरेलको अध्यक्षतामा भएको कार्यक्रमले भैले उत्साहजनक रुपमा सम्पन्न भएको र जनताको बिचमा चेतना जागरण गराउन सफल भएको समिक्षा गरेको छ ।

उक्त कार्यक्रममा अखिल नेपाल युबक संघका पूर्व केन्द्रिय अध्यक्ष काशीनाथ पोखरेल, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्य, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य चन्द्रबहादुर रावत, सल्लाहकार खडानन्द खनाल, प्युठान जिल्ला सदस्य देबा पोखरेल, घोराही नगर कोषाध्यक्ष झबिलाल कालाथोकी, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुल जिल्ला सचिब तुलसी पन्थी, राजमो नगर सदस्य रोमप्रसाद पोखरेल, झविलाल कालाथोकी लगायतले भैलाको विषयमा समिक्षा गर्दै आआफ्ना भनाइ राखेका थिए ।

भैलो २५० घरमा खेलिएको र भैलोबाट २ लाख ४३ हजार ९ सय ७० रुपैयां आम्दानी भएकोसमेत सार्वजनिक राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले जानकारी गराएका छन् । त्यस्तै ७४ हजार ९ सय ७० गरी १ लाख ६९ हजार रकम बचत तथा आम्दानी भएको छ ।