भाषण होइन काम – देउवा

बुटवल, मंसिर १६ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउने बताएका छन् । सभापति देउवाले पार्टीलाई एक ढिक्का बनाउने आश्वासन दिए ।
शनिबारदेखि बुटवलमा शुरु भएको कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै सभापति देउवाले बुद्धजन्मथलो रूपन्देहीमा भएको सम्मेलनबाट पार्टी एक ढिक्का हुदैं बलियो हुने विश्वास व्यक्त गरे ।

देउवाले आफू भाषण गर्न नजान्ने भन्दै काम गरेर देखाउने बताउंदै उनले भने –गौतमबुद्ध जन्मेको भूमिबाट कांग्रेस बलियो बनाउने विश्वास लिएको छु । आफू मिलेर काम गर्न तयार रहेको बताए ।
निकै संक्षिप्त बोलेका पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले केन्द्रीय नेता र प्रदेश अध्यक्षहरूले उठाएको कुराको कुनै प्रतिक्रिया दिएनन् ।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्र संकटमा नरहेको बताए । राजावादीको प्रदर्शन भएको विषयमा संकेत गर्दै लोकतन्त्रमा मात्रै नागरिकले विरोध र समर्थन गर्न पाउने बताए । महामन्त्री शर्माले राजाको शासनमा भन्दा लोकतान्तिक गणतन्त्रमा धेरै उपलब्धि भएको बताए ।

अर्का महामन्त्र गगन थापाले पार्टीलाई एक ढिक्का बनाएर गतिशील बनाउने बताउंदै लोकतन्त्र जोगाउन कांगे्रस बलियो हुनुपर्ने दावी गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्र्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताए । नेता भण्डारीले प्रदेश खारेज नगरे के खारेज गर्ने भन्दै प्रतिप्रश्न गरे । उनले प्रदेश खारेज गर्नुपर्नेमा जोड दिए ।

आफुहरुले चलाएको गुटले पार्टी नचलेको र सरकार पनि चलाउन नसकिएको बताउंदै सिमानाको रक्षापनि नभएको बताए । सांसदसमेत रहेका नेता भण्डारीले अब पार्टीको नेतृत्व देउवाले शेखरलाई दिनुपर्ने बताए ।

नेपाली कांगे्रसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी एक ढिक्का बनाएर थप गतिशील बनाउने बताए । कांगे्रस बलियो नभए मुलुकको लोकतन्त्र कमजोर हुने उनीहरुको दावी छ ।

कांगे्रसको लुम्बिनी प्रदेश सम्मेलन भोली आइतबारसम्म चलने छ । सम्मेलनमा प्रदेश भरका ६ सय बढी प्रतिनिधीको सहभागिता रहेको कांगे्रसले बताएको छ ।