यो बेला म कुनै दलको सदस्य छैन : प्रदेश प्रमख शेरचन

बुटवल, साउन २४ ।लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आफु कुनै दलको सदस्य नभएको बताएका छन् । प्रदेश प्रमुख शेरचनले यो बेला म कुनै दलको सदस्य छैन भने । रिपोर्टर्स क्लवले आफ्नो तेस्रो स्थापना दिवका अवसरमा आइतबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै आफु कुनै दलको सदस्य नभएको बताएका हुन् ।

कोहीसंग नजिक हुन र टाढा हुन संविधानले नदिने बताउंदै उनले भने मलाई संविधानले बांदेको छ । मलाई दलिए हिसावले टाढा र नजिक नबनाइ दिन प्रदेश प्रमुख शेरचनकोआग्रह छ । उनले संविधानले दिएको अधिकार अनुसार लुम्बिनी प्रदेशको संसद बोलाएको बताए । लुम्बिनी प्रदेशको बारेमा मुख्यमन्त्री शंकर पोखरेलसंग एक डेढघण्टा छलफल भएको बताए तर छलफलमा के भयो खुलाएनन ।

प्रदेश प्रमुख शेरचनले देशको प्रमुख बाधक भ्रष्टाचार हो भन्दै देशको बिकासका लागि भ्रष्टाचारलाई निर्मुल पार्नुपर्ने बताए । तीन करोड जनतालाई भ्रष्टाचारले मारेको उल्लेख गर्दै भ्रष्टाचार जघन्य अपराध भएको बताए । भ्रष्टाचार निर्मुल पार्न अप्रेशन गर्नुपर्ने र त्यसका लागि पत्रकारहरुको कलबाट अप्रेसन गर्नुपर्ने बताउदै पत्रकारहरुलाई कलम चलाउन आग्रह गरे ।

लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले देशका सातवटा प्रदेश मध्ये सबैभन्दा बढी काम लुम्बिनी प्रदेशले गरेको दावी गरे । मन्त्री श्रेष्ठले विकास, शुसासन र जनताको पक्षमा लुम्बिनी प्रदेशले गरेका कामहरु डकुमेण्ट र योजनाहरु बोलेको बताए । उनले प्रदेश प्रमुखको जिम्मेवारी र मुख्यमन्त्रीको सक्रियताले लुम्बिनी प्रदेश अरेक हिसावले अगाडी बढ्ने बताए ।

जनताको स्वास्थ्यप्रति लुम्बिनी प्रदेश सरकार गम्भीर रहेकोउल्लेख गर्दै सम्भावित कोाराना तेस्रो भेरियन्टसंग सचेत हुदै प्रदेश भित्रका अस्पतालहरुको स्तरउन्नती गरिने प्रतिवद्वता जनाए । लुम्बिनी प्रदेश नेपाली कांगे्रस संसदीय दलका नेता विरेन्द्र कनौडियाले सत्ता पक्षको राजनीतिक गतिविधिले लुम्बिनी प्रदेशमा विकृति फैलिएको बताए । उनले सत्ता पक्षले अराजनीतिक गरेको आरोप लगाउंदै असंबैधानिक राजनीतिले सांसदहरुले टाउको झुकाउने पर्ने अवस्था आएको बताए ।

सरकार अल्पमतमा परेको दावी गर्दै संबैधानिक, राजनीतिक र नैतिकताको आधारमा सरकार चुकेको आरोप लगाए । नकेपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका संसदीय दलका नेता कुल बहादुर केसीले सत्ता पक्षले लुम्बिनीमा लोकतन्त्र र संविधानमाथि मजाक गरेको बताए । उनले सरकारको असंबैधानिक र अलोकतान्त्रिक कामले लज्जित बनाएको बताउंदै आफ्नै कारणले सरकार बदनाम भएको उनको तर्क छ ।

रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलाले लुम्बिनी प्रदेशको राजनीति बिग्रिएको बताए राजनीतिलाई सुधार गरेर देशको सम्वृद्वि, विकास र सुशानको बाटोबाट अघि बढ्न राजनीतिक दलहरुलाई आग्रह गर्दै विकासका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रममा पत्रकार डाक्टर बालकृष्ण चापागाई, पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले प्रदेश सरकारलाई मिडियामैत्री बन्न आग्रह गर्दै सञ्चार विद्येयक पुनः लेखनका सरकारसंग माग गरे ।

रिपोर्टर्स क्लव लुम्बिनी प्रदेश संयोजक राकुमार क्षेत्रीको अध्यक्षता र मोहन न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो । यस्तै रिपोर्टर्स क्लव लुम्बिनीले दुइ जना पत्रकारलाई सम्मान गरेको छ । आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा रिपोर्टर्स क्लवले लुम्बिनी टेलिभिजनका समाचार प्रमुख भगवती पाण्डे र पत्रकार तेजेन्द्र केसीलाई सम्मान गरेको हो ।

रिपोर्टर्स क्लवले नगद, प्रमाण पत्रले सम्मान गरेको छ । त्यस्तै पत्रकार डाक्टर बालकृष्ण चापागाई, पत्रकार तथा संविधान सभा सदस्य विनोद पहाडी, पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्का, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनाल र पत्रकार विष्णु भुसाललाई रिपोर्टर्स क्लवले अभिनन्दन गरेको छ ।