लुम्बिनीमा निजामती सेवा शर्तको बिधेयक प्रमाणिकरण

बुटवल, मंसिर २१ गते । लुम्बिनी प्रदेश सभा बैठकबाट पारित भइ प्रमाणिकरणका लागि पेश भएको प्रदेश निजामती सेवाको सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक प्रमाणिकरण भएको छ ।

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले उक्त बिधेयक प्रमाणीकरण गरेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार प्रमाणीकरण गरेका हुन् ।

लुम्बिनी प्रदेश प्रमुख कार्यालकी प्रवक्ता धर्मा अर्याल, वेल्वासेले बिहीबार विज्ञप्ती जारी गरी जानकारी गराएकी छन् । उक्त बिधेयक प्रदेश सभा बैठकबाट २०८० भदौ २२ गते पारित भएको थियो ।