लुम्बिनी  अस्पतालले प्रसूती सेवालाई व्यवस्थित गर्ने

बुटवल, मंसिर २५ गते । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले प्रसूती सेवालाई थप व्यवस्थित गरेको छ । अस्पतालमा प्रसूती तथा बालबालिकाको उपचारका लागि छुट्टै ल्याव नमूना संकलन केन्द्र स्थापना गरी सेवालाई व्यवस्थित गरेको हो ।

संकलन केन्द्रको सोमबार औपचारिक उद्घाटन गर्दै अस्पतालका महिला प्रसूती रोग विशेषज्ञ डा. भक्तबत्सल रावतले सहज रुपमा उपचारका लागि लागि प्रसूती सेवालाई व्यवस्थित गरिएको बताए ।
घण्टौं लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्यका लागि विशेषज्ञ सेवा अनुसार फरक–फरक काउन्टर र नमूना संकलन केन्द्र स्थापना गर्ने योजना अनुसार सेवालाई गुणस्तरीय बनाउने योजनामा रहेको उनले बताए ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले सेवालाई गुणस्तरीय बनाउनुका साथै अस्पतालको सरसफाई, सेवाग्राहीमैत्री परामर्श व्यवस्थित सेवाका लागि आफूहरुले काम गरिरहेको बताए । सीतिम जनशक्ति र श्रोत साधनका बाबजुद पनि गुणस्तरीय सेवाका लागि प्रयास जारी रहन्छ उनले भने ।

लुम्बिनी प्रादेशिक अस्पताल सबैभन्दा बढी सुत्केरी सेवा दिने सरकारी अस्पतालका रुपमा परिचित छ । अस्पतालमा गत वर्ष १२ हजार २ सय ७५ को स्वस्थ सुत्केरी सेवा लिएका थिए । उक्त वर्ष अस्पतालमा ४ हजार ४ सय ८२ गभर्वती अप्रेसनबाट सुत्केरी भएको मेडिकल सुपेरिटेन्डेन डा. थापाले जानकारी बताए ।

अस्पतालका बाल रोग विशेषज्ञ डा. किरणमणि पौडेलले प्रसूती तथा बालबालिकाहरुहरुको ल्याव नमूना संकलन केन्द्रको स्थापनासंगै सेवाग्राहीको संख्यामा वृद्धि हुने बताए ।

सेवाग्राहीको चापा अनुसार प्रयाप्त जनशक्ति, भौतिक संरचना, बेड, आईसियू, सिसियू लगायतका अभावले अपेक्षित सेवा प्रदान गर्न नसकिएको अस्पतालका प्रशाशकीय अधिकृत राजन केशीले  बताए ।

अस्पतालले सेवालाई सहज बनाउन केही समयअघि मधुवेह रोगको ल्याव परीक्षणका लागि छुट्टै क्लिनिक सञ्चालनमा ल्याएको छ ।