अर्घाखांचीलाई प्याजमा आत्मनिर्भर बनाउन भूमिकास्थानमा विउ उत्पादन

अर्घाखांची, मंसिर २६ गते ।अर्घाखांची भूमिकास्थान नगरपालिकाले प्याजमा आत्मनिर्भर हुने गरी प्याज उत्पादनमा लागेको छ ।भूमिकास्थान नगरपालिकासंगै समग्रह अर्घाखांचीलाई नै प्याजमा आत्मनिर्भर गराउने उद्वेश्यले भूमिकास्थान नगरपालिका विउ उत्पादन गरेको छ ।

प्याजको आयतलाई रोकेर निर्यात गर्ने गरी प्याज उत्पादनमा भूमिकास्थान नगरपालिदकाले लगानी गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार कर्मशील जनशक्तिलाई रोजगारी दिने, प्याजको आयातलाई रोकेर निर्यात गर्ने गरी पयजका विरुण उत्पादन गरिएको छ । नगरपालिकाले ७० केजी बढी प्याजको बीउ वडा नम्बर २ ढाकावाङको खाकावेशी, वडा नम्बर ६ को दुर्वाङ, वडा नम्बर नम्बर ८ को नगरपालिका कार्यालय आसपास र वडा नम्बर ९ को सानो डेभामा राखी प्याजका बिरुवाहरु उत्पादन गगरिएको छ ।

प्याजका बिरुवाहरु तयार भएपछि नगरपालिकाले कृषि उत्पादन कार्यक्रम अन्तर्गत लिजमा लिएका जग्गामा रोपिने कृषि अधिकृत रामबहादुर थापाले बताए । नगरपालिकाले लिजमा लिएको २ सय रोपनी क्षेत्रफलमा लगाइने उक्त प्याजका बिरुवाबाट १ रोपनी बराबर ७ देखि ११ क्विन्टलसम्म उत्पादन गर्ने लक्ष्य राखिएको कृषि अधिकृत थापाले बताए ।

प्याज खेतीबाट जिल्लालाई आत्मर्निभर बनाउने र आगामी दिनमा मौसम अनुसारका अन्य खेती गरिने कृषि अधिकृत थापाले बताए । कृषि अधिकृत रामबहादुर थापाले अर्घाखांची जिल्लालाई प्याजमा आत्मनिर्भर बनाउन सकिने छ ।
नगर पालिकाले यसभन्दा पहिला गहतको खेती गरेको थियो ।