नेफ्स्कुनको महासचिवमा सन्दिप सापकोटाको उम्मेदवारी

      बुटवल, मंसिर २९ गते । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कुन) को ३२ औं साधारण सभा हुंदै छ । आगमी पुस ७ र ८ गते काठमाण्डौंमा ३२ औं साधारण सभाबाट नयां नेतृत्व चयन हुने छ ।

साधारण सभामा वर्तमान संचालक समितिका सदस्य सन्दीप सापकोटाले महासचिवमा उम्मेदवारी दिने भएका छन् । लामो समयदेखि सहकारी क्षेत्रमा काम गर्दै आएका बुटवलका सन्दीप सापकोटाले महासचिव पदमा हाफुले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफस्कुन) को आसन्न साधारण सभाबाट ४ बर्षको लागि नयाँ नेतृत्व चयन हुने छ । संघले सो सम्बन्धि निर्वाचन कार्यतालिका समेत सार्बजनिक गरी सकेको छ ।

नयांदिशासंग कुरा गर्दै सहकारी अभियान्ता तथा (नेफस्कुन) वर्तमान सदस्य सापकोटाले आफुले महासचिवमा उम्मेदवारी दिने गरी तयारी गरेको बताए ।
नेकपा मावोबादीले महासचिव पद पाउने र सो महासचिव पदका लागी आफु योग्य रहेको सापकोटाको दावी छ ।

नेकपा माओवादी, एमाले, कांग्रेस लगायतका दलहको पूर्ण समर्थानका साथै साथ सहयोग रहेको दावी गर्दै सापकोटाले भने – सहमति नभए लोकतान्त्रिक पद्दतिबाट अथवा चुनावै लडेर भएपनि महासचिव बन्ने छु ।

सापकोटा ४ वर्ष अघि चुनावी साधारण सभामा लुम्बिनी प्रदेशबाट नेफ्स्कुनको संचालक सदस्यमा निर्बिरोध निर्बाचित भएका हुन् । युवा उद्यमी सापकोटा राष्ट्रिय सहकारी बिकाश बोर्डका संचालक सदस्य र राष्ट्रिय युवा परिषद्का संचालक सदस्यसमेत हुन् ।